चीनमा स्वास्थ्य सङ्कटका माझ राष्ट्रपति सीले गरे अस्पतालको भ्रमण



अन्तर्राष्ट्रिय चिकित्सकहरूको विज्ञ टोली कोरोनाभाइरसको प्रकोपबारे अध्ययन गर्न चीन आइपुगेको छ। विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले सही प्रश्नको जवाफ खोज्नका लागि चिनियाँ विज्ञहरूलाई उक्त टोलीले सघाउने बताए।

उनले थप विज्ञहरू जति सक्दो चाँडो आइपुग्ने पनि आशा व्यक्त गरे। तर उक्त सङ्गठनका प्रमुखले चीनमा नपुगेका मानिसहरूमा पनि उक्त भाइरस सरेको विषयमा चिन्ता व्यक्त गरे।

साना सङ्ख्यामा देखिएका सङ्क्रमणका यी घटनाले पनि ठूलो रूप लिनसक्ने भन्दै साझा समस्यासँग जुध्नका लागि एक हुनुपर्ने बताए यसैबीच चिनियाँ राष्ट्रपति सी जिन्पिङले कोरोनाभाइरसबाट सङ्क्रमित बिरामीहरूको बेइजिङमा उपचार गरिरहेका कर्मचारीलाई भेटेका छन्।

कोरोनाभाइरसका कारण अहिलेसम्म एक हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ जुन यसघि सन् २००२-३ मा भएको सार्सको महामारीका कारण देखापरेको स्वास्थ्य सङ्कटको बेलामा भन्दा बढी हो। आफ्नो भ्रमणका क्रममा सीले भाइरससँग जुध्नका लागि “थप निर्णायक उपायहरू” चाल्न अपिल गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र

इजरायली आक्रमणमा इरानको रिभोलुशनरी गार्डका प्रमुख होसेन सलामको मृत्यु

बीबीसी । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरायली डिफेन्स फोर्सले बताएको छ

‘एयर इन्डियाको विमान दुर्घटनाले नागरिक उड्डयन क्षेत्रमा सन्नाटा’

काठमाडौं । भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ