पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प



पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी दिइएको छैन ।

युएसजिएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १२२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समय अनुसार अपराह्न ४ बजे भूकम्प गएको थियो ।

अस्ट्रलियाली भूगर्भ वैज्ञानिक ट्रेभर आलेनले भूकम्पको गहिराई कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महशुस गरेको हुन सक्ने बताए ।

मानव बस्ती पातलो रहेको र घरहरुको बनावट भूकम्प प्रतिरोधी रहेकाले धनजनको क्षति कम हुने उनले विश्वास व्यक्त गरे । पपुआ न्यु गिनी भूकम्पीय उच्च जोखिममा रहेको मुलुक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा बाढीमा परी ९८ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा निरन्तर परेको भारी मनसुन वर्षा र त्यससँगै आएको आकस्मिक बाढीका

इजरायली आक्रमणबाट मानवीय सहायता वितरणका क्रममा गाजामा आठ सयको मृत्यु

जेनेभा ।  संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने

आफूलाई सुरक्षा चेतावनी आएको इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीको दाबी

तेहरान । सन् २०२३ को नोबेल शान्ति पुरस्कार जितेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदीलाई

ब्याजदर घटाउन हतार नगर्ने इसीबीको भनाई

जर्मनी । युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले तत्काल फेरि ब्याजदर कटौती गर्न हतार