थाई सैनिकको आक्रमणबाट १७ जनाको मृत्यु



थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

आक्रमणकारी एक सिपाहीले सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई सञ्चारमाध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

आक्रमणकारी सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरेको र त्यहाँ रहेका पसलहरूमा जथाभावी गोली चलाएको प्रहरीले जनाएको बताइएको छ । घटनामा १७ जनाको मृत्यु भएको थाई प्रहरीका एक उच्च अधिकारीले बताएका छन् ।

आक्रमणकारी भनिएका ती सैनिकले गाली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीले अफगानिस्तानमा ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

  हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७० वटा विद्यालय र

उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु

भारतमा ६ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड