हङ्‍कङमा चीनबाट आउने जो सुकैलाई दुई हप्ता क्वारन्टीनमा राखिने



हङ्‍कङले घातक कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि भन्दै चीन मुख्य भूमिबाट आउने जो सुकैलाई दुई हप्ता क्वारन्टीनमा राख्न सुरु गरेको छ।

चीनबाट हङकङ भ्रमणमा आउनेहरू होटेलका कोठामा वा सरकारले चलाएका केन्द्रहरूमा एक्लै बस्नुपर्नेछ। स्थानीय बासिन्दाहरू आफ्नै घरमा बस्नु पर्नेछ।

नयाँ नियम उल्लङ्घन गरेको पाइए जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने बताइएको छ। यसैबीच चीनमा कोरोनाभाइरसका कारण एकजना अमेरिकीसहित ७२२ जनाको मृत्यु भएको छ। एकजना जापानीको पनि भाइरस सङ्क्रमणकै जस्तो लक्षणका कारण ज्यान गएको छ।

६० वर्षीय अमेरिकी नागरिक पहिलो गैरचिनियाँ भाइरस सङ्क्रमितको वुहानस्थित अस्पतालमा बिहीवार निधन भएको थियो। बेइजिङस्थित अमेरिकी राजदूतावासका प्रवक्ताले त्यसको विस्तृत विवरण दिएनन्।

त्यसैगरी जापानी विदेश मन्त्रालयले पनि ६० वर्ष नाघेका एक जापानीको वुहानमा मृत्यु भएको जनाएको छ। उनको निधन भाइरल न्यूमोनियाबाट भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चीनमा अहिलेसम्म ३५,५४६ लाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। चीन बाहिर २५ देशमा २७० जनालाई उक्त भाइरस सङ्क्रमण भएको छ। एकजनाको हङकङमा र दोश्रो व्यक्तिको फिलिपिन्समा मृत्यु भएको छ।

हङकङमा २६ जनामा सङ्क्रमण पुष्टि भएको छ। सीमावर्ती चिनियाँ शहर शानजेनमा दशौँ हजार मानिसहरू शुक्रवार मध्यरातका लागि तोकिएको समयसीमा अगावै सीमा पार गर्न लाम लागेका थिए। तर शनिवार बिहानसम्म शान्जेन स्थित बन्दरगाह पार गर्न थोरै मानिस आएका थिए।

शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले चीनमा गत दुई दिनमा सङ्क्रमण हुने सङ्ख्या रिपोर्ट गरिएको भनिएपछि सकारात्मक रूपमा लिइएको छ। तर डब्लूएचओका महानिर्देशक टेड्रोस अडनम गेब्रेयेससले घटेको सङ्ख्याबारे धेरै विश्लेषण गर्न नहुनेमा सतर्क बनाए।

उनले संवाददाताहरूलाई कोरोनाभाइरस प्रकोपले विश्वव्यापी रूपमा औषधीजन्य बस्तुहरू, गाउन, मास्क र पञ्जाहरूको अभाव भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियामा फुटबल खेलको दङ्गामा मृत्यु हुनेको सङ्ख्या एक सय ७४ पुग्यो

इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको सङ्ख्या

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसंघ महासचिवको चासो

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ

काश्मिरका चलचित्र हल १४ बर्षपछि पुनः सञ्चालन

भारत प्रशासित कास्मीरमा १४ बर्षपछि चलचित्र हलहरू पूनः सञ्चालन गर्न थालिएको छ ।