ह्यारी र मेगन अमेरिकामा एक कम्पनीको कार्यक्रममा सहभागी



राजकुमार ह्यारी र राजकुमारी मेगन जेपी मोर्गनले बिहीवार मायामीमा आयोजना गरेको एउटा कार्यक्रममा सहभागी भएका छन् ।

जेपी मोर्गन अमेरिकी बहुराष्ट्रिय ब्याङ्किङ तथा फाइनान्सियल सेवा दिने कम्पनी हो।

राजकुमार ह्यारीले उक्त कार्यक्रमलाई सम्बोधन गरेका छन् तर त्यसका लागि उनलाई पैसा दिइएको वा नदिइएको भन्ने स्पष्ट हुन सकेको छैन।

ड्यूक र डचिस अफ ससिक्सले आफूहरू “वरिष्ठ शाही सदस्य”बाट हट्ने र आर्थिक रूपमा आत्मनिर्भर बन्न काम गर्ने बताएको केही समयपछि यो कुरा बाहिर आएको छ।

उनीहरू यूके र उत्तरी अमेरिकामा समय विभाजन गरेर बस्न चाहन्छन् र आगामी वसन्तदेखि पूर्णकालीन शाही सदस्य रहने छैनन् ।

त्यसपछि उनीहरूले शाही उपाधि, शाही उत्तरदायित्व, सैन्य नियुक्ति र औपचारिक रूपमा महारानीको प्रतिनिधित्व गर्ने कुरालाई त्याग्नेछन्।

सबैभन्दा पहिले उक्त समाचार प्रकाशित गर्ने द न्युयोर्क पोस्टको पेज सिक्सले राजकुमार र राजकुमारी “मुख्य वक्ताहरू” रहेको बताएको थियो।

शाही सदस्यबाट पछि हट्ने उनीहरूको चाहनालाई महारानीले स्वीकृती दिएपछि उनीहरू पहिलो पटक सार्वजनिक कार्यक्रममा साथमा देखिएका हुन्।

पेज सिक्सको रिपोर्ट अनुसार सीबीएस न्यूजकी समाचारवाचिका गेल किङ्गले कार्यक्रममा मेगनको परिचय गराएकी थिइन्, जसले मायामीको दक्षिणी समुद्र तटस्थित वन् होटलमा प्रवेश गर्नुपूर्व आफ्नो पतिप्रतिको प्रेमबारे कुरा गरेकी थिइन्।

राजकुमार ह्यारीले आफ्नो मानसिक स्वास्थ्यबारे कुरा गरेको बताइएको छ। त्यसबारे विगतमा पनि उनले धेरै पटक कुरा गरेका थिए।

सन् २०१७ मा उनले आफ्नी आमाको मृत्युपश्चात् २० वर्षसम्म आफ्ना भावनाहरू “बन्द” गरेपछि परामर्श मागेको खुलासा गरेका थिए।

ह्यारी र मेगनले अहिले उनीहरूको कार्यालयको ९५ प्रतिशत खर्च प्रिन्स अफ वेल्स अर्थात् ह्यारीका पिता चार्ल्सबाट आउने बताएका छन्।

उनले ह्यारी र मेगनको सार्वजनिक कार्यक्रमको साथसाथै राजकुमार विलियम र केटको निजी खर्चका लागि केही पैसा दिन्छन्।

मेगन राजपरिवारसँग जोडिएको सन् २०१८-२०१९ मा चार्ल्सले त्यसरी तिर्ने रकम ६५ लाख डलर रहेको थियो। उक्त रकम राजकुमार चार्ल्सको व्यापारिक संस्था डची अफ कोर्नवलबाट आम्दानी हुन्छ।

सम्पत्ति र आर्थिक लगानीसम्बन्धी काम गर्ने सो संस्थाले गत वर्ष दुई करोड ८२ लाख डलर कमाएको थियो। यसका साथै ससिक्स दम्पतीको पाँच प्रतिशत आम्दानी सरकारले राजपरिवारलाई दिने अनुदानबाट पनि आउँछ।

यो खर्चमा सुरक्षाका लागि लाग्ने रकम समावेश गरिएको छैन। त्यसको छुट्टै व्यवस्था गरिन्छ। सो अनुदान महारानीको स्वामित्वमा रहेको क्राउन इस्टेट भनिने व्यापारिक सम्पत्तिबाट हुने नाफाबाट  जुटाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका