ट्रम्पद्वारा महाभियोगमा आफूविरुद्ध बयान दिएका दुई अधिकारी बर्खास्त



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनीमाथि लागेको महाभियोग प्रस्तावमा आफूविरुद्ध बयान दिएका दुई वरिष्ठ अधिकारीलाई बर्खास्त गरेका छन्।

ईयूका लागि अमेरिकी राजदूत गोर्डन सन्डल्यान्डले भने “राष्ट्रपतिले तत्काल लागु हुने गरी मलाई फिर्ता बोलाउन सुझाव दिएको भनिएको छ।”

केही घण्टा अगाडि युक्रेन मामिलाका वरिष्ठ विज्ञ लेफ्टिनेन्ट कर्णेल अलेक्जेन्डर भिन्डम्यानलाई ह्वाइट हाउसबाट निष्कासन गरिएको थियो।

बुधवार महाभियोगमा सिनेटरहरूबाट सफाइ पाएपछि ट्रम्पले कर्मचारीतन्त्रमा उथलपुथल गर्ने चाहना राखेको बताइएको छ। ऐतिहासिक मतदानमा सिनेटले अमेरिकाका ४५ औँ राष्ट्रपतिलाई युक्रेन मामिलामा महाभियोग नलगाउने निर्णय लिएको थियो।

राष्ट्रिय सुरक्षा परिषद्‍मा वरिष्ठ वकिल तथा भिन्डम्यानका जुम्ल्याहा भाइ येभजेनी भिन्डम्यानलाई पनि सैन्य विभागमा फिर्ता पठाइएको थियो।

सन्डल्यान्डका वकिलले जारी गरेको विज्ञप्तिमा सन्डल्यान्डले भनेका छन्, “राष्ट्रपतिले मलाई ईयूका लागि अमेरिकी राजदूतबाट तत्काल फिर्ता बोलाएको भनियो। ”

“म सेवा गर्ने मौका दिएकोमा राष्ट्रपति ट्रम्प, निरन्तरको समर्थनप्रति मन्त्री माइक पोम्पेओ र ईयू कार्यालयमा काम गर्ने व्यवसायिक तथा समर्पित कर्मचारीप्रति आभारी छु।”

विज्ञप्तिमा भनिएको छ, “कुनै पनि अमेरिकीको मनमा यी सैन्य अधिकारीको जागिर किन सकियो र यो मुलुकमा ह्वाइट हाउसमा सेवा गर्ने सिपाहीको सङ्ख्यामा किन एउटा सङख्या कम भयो भन्नेबारे प्रश्न छैन।”

“भिन्डम्यानलाई सत्य बोलेकामा छोड्न भनिएको हो। सत्यप्रति उनको प्रतिबद्धता र सम्मानले शक्तिशालीहरूलाई त्रस्त बनाइदियो।”

“सत्यतामा अडिग हुँदा उनको जागिर र गोप्यता समाप्त भयो।” विज्ञप्तिमा भनिएको छ, “संसारको सबभन्दा शक्तिशाली मान्छेले- बदला लिने निर्णय गर्‍यो। ” भिन्डम्यान सँधैजसो काम गर्न शुक्रवार पनि ह्वाइट हाउस पुगेका थिए।

नर्थ क्यारोलाइनास्थित कार्यकारी भवन छोड्नुअघि राष्ट्रपति ट्रम्पले संवाददाताहरूसँग भने, “म उनी (भिन्डम्यान)सँग खुशी छैन। म उनीसँग खुशी हुनुपर्छ र ? म खुशी छैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत