दिल्लीस्थित अमेरिकी दूतावास हातामा पाँच वर्षीया बालिका बलात्कृत



भारतको राजधानी दिल्लीस्थित अमेरिकी दूतावासको हाताभित्र पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक २५ वर्षीय युवक पक्राउ परेका छन्।

बालिकाका अभिभावकले प्रहरीमा उजुरी दर्ता गरेपछि ती युवकलाई आइतवार पक्राउ गरिएको प्रहरीले समाचारसंस्था पीटीआईलाई बताएको छ।

घटना शनिवार बिहान भएको बताइएको छ। परीक्षणमा ती बालिका बलात्कृत भएको पुष्टि भएको चिकित्सकहरूले बताएका छन्। पीडित बालिकाको स्वास्थ्य अवस्था स्थिर छ। उनका बुवा दूतावासमा काम गर्थे र परिवार दूतावास हाताभित्रै बस्थ्यो।

बलात्कारको आरोप लागेका व्यक्तिका बुवा पनि दूतावासका कर्मचारी भएको बताइएको छ। आरोपित युवक चालक भएको तर दूतावासको कर्मचारी नभए पनि बुवासँगै दूतावास हातास्थित कर्मचारी आवासमा बस्ने गरेको प्रहरीले जनाएको छ।

दिल्लीको केन्द्रमा रहेको चाणक्यपुरीस्थित कूटनीतिक क्षेत्रमा अमेरिकी दूतावास छ। कडा सुरक्षा रहेको दूतावास २८ एकडमा फैलिएको छ। त्यहाँ स्थानीय कर्मचारीहरू पनि काम गर्छन्।

अनुसन्धानकर्ताहरूले बताएअनुसार आरोपित र पीडितका परिवारको राम्रो चिनजान थियो। बालिकालाई बाहिर खेलिरहेको देखेपछि ती युवकले लोभ्याएर आफ्नो घरमा लगेका थिए। त्यति बेला आरोपितका अभिभावकहरू बाहिर थिए।

बालिकाले घर फर्किएपछि उक्त घटनाबारे आफ्नी आमालाई बताएकी थिइन्। त्यसलगत्तै उनलाई अस्पताल लगियो।

परीक्षण गर्दा उनी बलात्कृत भएको पुष्टि चिकित्सकहरूले गरेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘क्वान्टम मेकानिक्स’बारे अध्ययन गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ’क्वान्टम मेकानिक्स’बारे अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिने

अफगानिस्तानमा भएको आत्मघाती हमलामा मृत्यु हुनेको संख्या ५३ पुग्यो

अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान

इक्वेडरको जेलमा भएको दङ्गामा कम्तीमा १५ जनाको मृत्यु

इक्वेडरको मध्य इक्वेडर सहर लाटाकुंगामा रहेको एक जेल दङ्गामा परी सोमबार दिउँसो कम्तीमा

उत्तर कोरियाद्वारा बलिस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको