इस्तानबुलमा अवतरणका क्रममा धावनमार्गमा विमान चिप्लिएर दुर्घटना हुँदा तीन जनाको मृत्यु



टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एउटा विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने अरु सबै घाइते भएका छन् ।

द पेगासस एयरलाइन्सको सो विमानमा १७१ यात्रु र चालकदलका ६ जना सदस्य सवार थिए । देशको पश्चिममा रहेको इजमिर प्रान्तबाट आएको सो विमान सबिहा गोकसेन विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो ।

बोइङ ७२७ विमान भारी हावा र वर्षाकाबीच विमानस्थलमा अवतरण हुने प्रयासमा थियो । घटनापछि विमानस्थल बन्द गरेर अन्य उडानहरूलाई अन्यत्र मोडिएको थियो । विमानमा सवार अधिकाशं यात्री टर्किस नागरिक हुन् भने जसमा २० जना विदेशी नागरिक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माकी नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द

  जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी

भारी वर्षापछि दुबई बाढीको चपेटामा

  कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका

युक्रेनसँगको युद्धमा ५० हजार रुसी सैनिकको मृत्यु

बीबीसी । युक्रेन युद्धमा मारिने रुसी सैनिक सङ्ख्या ५० हजार नाघेको बीबीसीले पुष्टि

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना

श्रीलङ्काली सरकारले सन् २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी