जापानी अर्बपतिद्वारा प्रेमिकासँग चन्द्रमाको सहयात्रा गर्ने अभियान स्थगित



स्पेसएक्स मिशनको पहिलो अन्तरिक्ष पर्यटकका रूपमा चन्द्रमावरिपरि यात्रा गर्ने योजना बनाएका जापानी अर्बपतिले आफूसँग सहयात्रा गर्ने ‘जीवनसाथी’ को खोजी स्थगित गरेका छन्।

फेशन उद्योगमा महारथी मानिएका युसाकु माइएजावाले २० वर्षमाथिका अविवाहित महिलाहरूलाई “जोडी बाँध्ने” एउटा कार्यक्रममा सहभागी हुन आवेदन दिन आमन्त्रण गरेका थिए।

झन्डै २८,००० महिलाले आवेदन दिएका पनि थिए। तर गत हप्ता उनले आफूलाई “मिश्रित अनुभूति” भएको भन्दै जीवनसँगिनी खोज्ने योजना स्थगित गरेको घोषणा गरे।

उनको सन् २०२३ मा अन्तरिक्षयात्रा गर्ने योजना भने परिवर्तन भएको छैन। उनी अब एक्लै अन्तरिक्ष पर्यटक बन्नेछन्। गत महिना ४४ वर्षीय माइएजावाले एउटा वेबसाइटमा विज्ञापन गरेका थिए।

त्यसमा सर्त र मापदण्डहरूको सूची थियो। आवेदक अविवाहित, २० वर्षमाथि र अन्तरिक्षयात्रा गर्न इच्छुक महिला हुनुपर्ने उल्लेख थियो।

आवेदकमध्ये एक जना मात्रै छानिने र त्यो प्रक्रियामा “फूल मून लभर्स” नामक वृत्तचित्र बनाउने योजना भएको बताइन्छ।

तर उनले ट्विटरमार्फत् सहयात्रीको खोजी नगर्ने घोषणा गरे।

एउटा ट्वीटमा उनले लेखेका छन्, “२७,२२२ महिलाले हार्दिकतापूर्वक र साहसपूर्वक आफ्नो बहुमूल्य समय आवेदन दिन उपयोग गरेको सम्झिँदै मेरो यो स्वार्थी निर्णयबारे जानकारी गराउँदा मलाई एकदमै दु:ख लागेको छ।”

उनी भर्खरै २७ वर्षीया अभिनेत्री आयामे गोरिकीसँग छुट्टिएका थिए। जोजो नामक कम्पनीका संस्थापक तथा प्रमुख माइएजावाले यसअघि पनि अरूको ध्यानाकृष्ट हुने खालका गतिविधि गरेका थिए।

आफ्नो एउटा ट्वीट शेअर गर्ने १०० जना व्यक्तिलाई १० लाख येन बाँड्ने उनको वाचा थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८