वन्यजन्तुको तस्बिरबारे मेल पत्रिकालाई हालेको उजुरीमा राजकुमार ह्यारी पराजित



आफ्नो इन्स्टाग्राममा प्रेषित अफ्रिकी वन्यजन्तुका तस्बिरहरूबारे समाचारपत्र ‘मेल अन सन्डे’ले प्रकाशित गरेको आलेखविरुद्ध राजकुमार ह्यारीले एउटा उजुरीमा पराजय बेहोरेका छन्।

ह्यारीले सामाजिक सञ्जालमा हालेका तस्बिरमा ती वन्यजन्तुलाई लट्ठ्याइएको र हात्तीलाई बाँधिएको विषय नखुलाएको मेलको भनाइ छ। पृथ्वी दिवसका अवसरमा राजकुमार ह्यारीले ती तस्बिर इन्स्टाग्राममा प्रेषित गरेका थिए।

आफूले संरक्षण योजनाअन्तर्गत तिनलाई अन्यत्र लग्न लागिएको उल्लेख गरेकाले त्यसो भनिराख्न आवश्यक नभएको उनको तर्क थियो।

सञ्चारमाध्यमका गतिविधि अनुगमन गर्ने निकाय इप्सोमा उनले त्यो समाचार यथार्थपरक नभको भन्दै उजुरी दिएका थिए। गत वर्ष एप्रिलमा उक्त सामग्री प्रकाशित गर्दा उक्त पत्रिकाले सम्पादकीय अभ्यासको विधानको उल्लङ्घन गरेको ड्यूक अफ ससिक्सको दाबी थियो।

मेलको सामग्रीको शीर्षकको आशय थियो: “लट्ठ्याइएका र बाँधिएको… वन्यजन्तुका ती विस्मयकारी तस्बिर जसबारे ह्यारीले तपाईँलाई बताएनन्”।

पत्रिकामा प्रकाशित सामग्रीमा “गैँडा, सिंह र हात्तीका एकएकवटा तस्बिरले वास्तविकता वर्णन नगर्ने” उल्लेख थियो। पर्यावरण संरक्षण र जलवायु परिवर्तनका विषय बुझ्न र बुझाउन प्रत्येक वर्ष एप्रिल २२ का दिन विश्वभरि पृथ्वी दिवस मनाइन्छ।

उक्त पत्रिकाका अनुसार राजकुमार ह्यारीले ती तस्बिर खिचिएको परिस्थितिबारे बताएका थिएनन्। सम्पादित तस्बिर राजकुमार ह्यारी दम्पतीले प्रयोग गर्ने इन्स्टाग्राम खातामा हालिएकाले ‘ससिक्स रोयल’का फलोअरहरूले हात्तीका पछाडिका खुट्टामा बाँधिएको डोरी नदेखेको पत्रिकाले उल्लेख गरेको छ।

इन्स्टाग्रामको आवश्यकताअनुसार तस्बिर काटिएको ह्यारीको तर्क थियो, तर पत्रिकाले त्यसको प्रतिवाद गरेको छ।

इप्सोका अनुसार राजकुमार ह्यारीले कुन परिस्थितिमा हात्तीको तस्बिर खिचिएको थियो त्यो वर्णन नगर्दैमा सर्वसाधारणलाई आफूले नझुक्याएको तथा जानीजानी सम्पादित तस्बिर प्रेषित गरेर सर्वसाधारणलाई झुक्याउन खोजेको भन्ने पत्रिकाको दाबी असत्य भएको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिनद्वारा युक्रेनका चार क्षेत्र रुसमा गाभिएको घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले सबै तरिकाबाट आफ्नो नयाँ भूभागको बचाउ गर्ने र

साउदी अरेबियाका विश्वविद्यालयमा योग कक्षा सञ्चालन

योगकाबारेका चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रूपमा उत्प्रेरित गर्ने उद्देश्यले देशभरका सबै

अफगानिस्तानमा तालिबानद्वारा महिलाहरुको जुलुसमाथि हवाई फायर

प्रहरी हिरासतमा रहेकी एक जना महिलाको मृत्यु भएको विरोधमा इरानमा भएको विरोध प्रदर्शनलाई

बेलायती प्रधानमन्त्रीद्वारा विवादास्पद कर कटौतीको वचाउ

बेलाइतकी प्रधानमन्त्री लिज ट्रसले गत हप्ता घोषणा गरिएको कर कटौतीको वचाउ गर्नु गरेकी