चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि



चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ र उक्त सङ्क्रमण तिब्बतमा पनि देखिएसँगै चीनको मूख्य भूभागको सबैतिर उक्त भाइरस पुगेको पुष्टि भएको छ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधवारसम्म ७ हजार ७ सय ११ वटा सङ्क्रमण पुष्टि भएको बताएका छन्। हालसम्म चीनबाहेक कम्तीमा १५ वटा देशमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसले विश्वव्यापी स्वास्थ्य आपत्‌काललाई सङ्केत गर्ने या नगर्ने भन्ने निर्क्यौल गर्न बैठक गरिरहेको छ।

उक्त निकायका महानिर्देशकले मानवबाट मानवमा भइरहेको सङ्क्रमणको विस्तारले आफूहरूलाई चिन्तित बनाएको उल्लेख गरेका छन्।

उनले जर्मनी, भियतनाम र जापानमा चीन पुगेका मानिसहरूबाट सङ्क्रमण फैलिएका घटना फेला परेको बताए। चीन बाहिर सङ्ख्या कम भए पनि ज्यादै ठूलो स्तरको सङ्क्रमणको सम्भावना रहेको उनको भनाइ छ।

चीनमा सन् २००० को दशकको शुरूआतमा फैलिएको सार्सको सङ्क्रमणभन्दा ठूलो सङ्ख्यामा मानिसहरूमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।

तर मृतकको सङ्ख्या निकै कम छ। सार्स पनि कोरोनाभाइरसकै एउटा सदस्य हो र त्यसले श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याहरू निम्त्याएको थियो। अनुसन्धानकर्ताहरूले यो भाइरसबाट मानिसहरूलाई जोगाउन खोपको विकास गर्ने प्रयास गरिरहेका छन्।

क्यालिफोर्नियाको एउटा अनुसन्धान केन्द्रले जुन वा जुलाई महिनामा मानिसमा परीक्षण गर्न सकिने खोप तयार हुने बताएको छ।

डब्लुएचओले उक्त सङ्क्रमणलाई सम्बोधन गर्ने चिनियाँ प्रयासको प्रशंसा गरेको छ। राष्ट्रपति सी जीन्पिङले उक्त दुष्ट भाइरसलाई पराजित गर्ने वाचा गरेका थिए।

सङ्क्रमणका कारण देशको मध्यमा रहेको हुबे प्रान्तमा पूर्ण रूपमा आवतजावतमा प्रतिबन्ध लगाइएको छ। सङ्क्रमणको केन्द्रमा रहेको वुहान शहर पनि रहेको उक्त प्रान्तमा ६ करोड जनसङ्ख्या छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘क्वान्टम मेकानिक्स’बारे अध्ययन गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ’क्वान्टम मेकानिक्स’बारे अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिने

अफगानिस्तानमा भएको आत्मघाती हमलामा मृत्यु हुनेको संख्या ५३ पुग्यो

अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान

इक्वेडरको जेलमा भएको दङ्गामा कम्तीमा १५ जनाको मृत्यु

इक्वेडरको मध्य इक्वेडर सहर लाटाकुंगामा रहेको एक जेल दङ्गामा परी सोमबार दिउँसो कम्तीमा

उत्तर कोरियाद्वारा बलिस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको