बग्दादस्थित अमेरिकी राजदूतावासमा रकेट आक्रमण



इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा कम्तीमा तीनवटा रकेट प्रहार भएका छन्। एउटा रकेट त्यहाँको खाना खाने स्थलमा र अन्य दुईवटा केही टाढा खसेको बताइएको छ ।

 समाचारसंस्था रोएटर्सलाई सुरक्षास्रोतले जनाएअनुसार आक्रमणमा परी कम्तीमा तीन व्यक्ति घाइते भएका छन्। दूतावासका कर्मचारी घाइते भएको यो पहिलो आक्रमण हुन सक्ने बताइएको छ। कुनै समूहले आक्रमणको जिम्मेवारी लिइसकेको छैन।

तर अमेरिकाले विगतमा इराकस्थित इरानबाट समर्थनप्राप्त सैन्य समूहहरूमाथि आरोप लगाउने गरेको थियो। अमेरिकी विदेश मन्त्रालयले एउटा विज्ञप्तिमा इरान समर्थित सशस्त्र समूहबाट खतरा भएको उल्लेख गरेको छ। तर विज्ञप्तिमा हताहत भएका व्यक्तिबारे कुनै जानकारी दिइएको छैन।

इराकी प्रधानमन्त्रीले रकेट हमलाको निन्दा गरेका छन्। अदेल अब्दुल महदीले यस्ता घटनाहरूको निरन्तरताले इराकलाई लडाइँको मैदान बनाउन सक्ने बताए।

अमेरिकी विदेश मन्त्रालयले आफ्ना कूटनीतिक सेवाको सुरक्षाको निम्ति इराकको सरकारलाई दायित्व पूरा गर्न आग्रह गरेको जनाएको छ।

बग्दादको सुरक्षित मानिने ग्रीन जोन वा अन्तर्राष्ट्रिय निकायहरू भएका क्षेत्रमा रकेट आक्रमण भइरहन्छ। तर लामो समययता पहिलो पटक रकेटको निसानामा अमेरिकी दूतावास परेको छ।

केही समययता भएका आक्रमणहरूले दूतावास वा अमेरिकी सेना तैनाथ इराकी सैन्य शिविरहरूलाई निसाना बनाएका छन्। विगत केही हप्तादेखि चुलिएको इरान र अमेरिकाबीच तनावमा इराक पनि तानिएको छ।

इराकका शक्तिशाली शिया नेता मोक्तदा अल-सद्रले अमेरिकी सेनालाई इराक छाड्न दबाव दिने उद्देश्यले अमेरिकाविरोधी प्रदर्शनहरू आयोजना गरेका छन्।

ज्यानुअरी ३ मा इरानका एक सैन्य नेता कासिम सुलेमानीको बग्दाद विमानस्थलमा अमेरिकाले गरेको ड्रोन आक्रमणमा मृत्यु भएपछि मोक्तदा अल-सद्रले समर्थकहरूलाई अमेरिकालक्षित विरोधमा ओर्लिन आह्वान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी

यमनको शान्ति प्रक्रियाबारे छलफल

यमनमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव र यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्षका

खाद्य सुरक्षा चीनको आधारभूत चासो होः राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले खाद्य

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको