मालीको सैनिक शिविरमा व्रिदोहीको आक्रमण, कम्तीमा १५ सुरक्षाकर्मीको मृत्यु



उत्तरपश्चिम अफ्रिकाको मालीमा अर्धसैनिक सुरक्षा बलको एक शिविरमा आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मालीको मध्यक्षेत्रमा रहेको सोकोलो सुरक्षा शिविरमा जिहादी विद्रोहीले गरेको आक्रमण परी कम्तीमा १५ अर्धसैनिकको मृत्यु भएको हो ।

आक्रमणबाट मृत्यु हुनेमा अर्धसैनिक प्रहरी अधिकारी रहेका र शिविर बाहिर पनि दुई जनाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । आक्रमणकारी जिहादी लडाकूहरू मोटरसाइकलमा आएर आक्रमण गरेका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणकारीले शिविरबाट हतियार लगायतका धेरै सामानहरू लगेका छन् ।

सोकोलो सेग्यो क्षेत्र अलकायदासँग सहकार्य गरेको मालीको जिहादी समूहको प्रभाव क्षेत्र हो । सहेल क्षेत्रमा करिब चार हजार ५०० फ्रान्सेली सेना र मालीमा करिब १३ हजार संयुक्त राष्ट्रसंघको शान्ति सेना तैनाथ गरिएको छ । तर जिहादीहरूले लुकीछिपी गर्ने आक्रमणबाट माली, बुर्किनाफासो र नाइजरमा पटक पटक यस प्रकारका आक्रमणहरू हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका