कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेका कारण परिस्थिति गम्भीर भएको चिनियाँ राष्ट्रपतिको टिप्पणी



चीनका राष्ट्रपति सी जिन्पिङले घातक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्। चिनियाँ नववर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि उनले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश “गम्भीर परिस्थिति” मा रहेको बताए।

चीनको वुहानमा उक्त भाइरस फैलिएको पत्ता लागेपछि कम्तीमा ५६ जनाको मृत्यु भइसकेको छ भने झन्डै २,००० व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ।

अमेरिकाले वुहानस्थित आफ्नो कूटनीतिक नियोगका कर्मचारीलाई एउटा विशेष विमानबाट मङ्गलवार अन्यत्र लग्ने घोषणा गरेको छ।

जोखिममा रहेका अन्य अमेरिकी नागरिकले पनि स्यान फ्र्यान्सिस्को जाने उक्त विमान चढ्न पाउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

यूकेका अनुसन्धानकर्ताहरूले चीनले उक्त भाइरस नियन्त्रण गर्न नसक्ने सम्भावना भएको चेतावनी दिएका छन्। कोरोनाभाइरसको सङ्क्रमण फैलिएका चीनका विभिन्न सहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। उक्त भाइरसको महामारी सुरु भएको वुहानका केही स्थानमा आइतवारदेखि निजी सवारीसाधनले प्रवेश गर्न पाउनेछैनन्।

झन्डै १,३०० बिरामीलाई रेखदेख गर्न त्यहाँ दुई हप्तामा आपत्कालीन सेवा प्रदान गर्ने दोस्रो अस्पताल निर्माण गरिने सरकारी पत्रिका पीपल्स डेलीले जनाएको छ। यसअघि १,००० शय्याको एउटा अस्पताल निर्माण गर्ने काम सुरु भइसकेको छ।

वुहान भएको हुबे प्रान्तमा सेनाले विशेष चिकित्सकीय टोलीहरू पठाइएको छ। गत महिना डिसेम्बरमा पहिलोचोटि देखिएपछि उक्त भाइरस नियन्त्रणबारे चीन र अन्यत्र व्यापक चासो व्यक्त भएको छ।

चीनका विभिन्न सहरमा नववर्षका अवसरमा आयोजित कार्यक्रम स्थगित गरिएको छ। मुख्यभूमि चीनभरि यात्रुहरूलाई ज्वरो आए वा नआएको परीक्षण गरिएको छ भने केही सहरमा रेल स्टेशन बन्द गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’