दुई इन्जिन भएको विश्वकै ठूलो जेटको पहिलो परीक्षण उडान सफल



विमाननिर्माता कम्पनी बोइङले दुईवटा इन्जिन भएको विश्वको सबैभन्दा ठूलो जेट ‘७७७ एक्स’ को पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ।

उक्त अमेरिकी कम्पनीले निर्माण गरेका दुईवटा विमान दुर्घटनामा परेपछि ७३७ म्याक्स मोडलका सबै विमानको उडानमा गत वर्ष संसारभरि रोक लगाइएको थियो। ती दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो।

बोइङले आफ्नो छवि सुधार्ने प्रयासस्वरूप नयाँ विमानको परीक्षण गरेको मानिएको छ। अमेरिकाको सीयाटलनजिकै एउटा विमानस्थलबाट उडेको ७७७ एक्स विमानले चार घण्टापछि अवतरण गरेको थियो। तीव्र गतिमा हावा चलेकाले यस अघि दुईचोटि परीक्षण उडान स्थगित गरिएको थियो।

आगामी वर्ष सेवामा प्रवेश गर्नुअघि यो विमानको थप परीक्षण हुनेछ। झन्डै २५२ फुट लामो यो विमान यही वर्ष प्रयोगमा ल्याइने योजना भए पनि केही प्राविधिक समस्याका कारण ढिलो हुन पुगेको हो।

यो मोडलको विमान बोइङको सफल ७७७ मिनी-जम्बो विमानको विशाल र परिष्कृत रूप हो। दोब्रिने विङ्टिप र संसारकै सबैभन्दा विशाल व्यावसायिक इन्जिन यो विमानका विशेषता हुन्।

बोइङका बजारनिर्देशक वेन्डी सौवर्स भन्छन्, “यो विमानले कम्पनीका रूपमा हामीले गर्न सक्ने भव्य कामको प्रतिनिधित्व गर्छ।” नयाँ मोडलका ३०९ वटा विमान बेचिसकिएको बोइङले जनाएको छ। तिनको कुल मूल्य ४४.२ करोड अमेरिकी डलरभन्दा बढी हुन्छ।

यो विमानले अर्को कम्पनी एअरबसको ३६० यात्रु अट्ने ए ३५०-१००० विमानसँग प्रतिस्पर्धा गर्नेछ। अक्टोबर २०१८ मा इन्डोनेशिया र गत वर्ष मार्चमा इथियोपियामा भएका भयानक विमान दुर्घटनापछि बोइङ कम्पनी सङ्कटमा परेको छ।

इथियोपियाको दुर्घटनामा एक नेपाली महिलासहित विभिन्न देशका नागरिकको मृत्यु भएकको थियो। पाँच महिनाभित्र दुईवटा दुर्घटना भएपछि बोइङले ९३७ म्याक्स मोडलका विमानको उत्पादन पनि स्थगित गरेको थियो।

बोइङलाई उड्डयन सुरक्षाबारे हेलचेक्र्याइँ गरेको आरोप लागेको छ भने ती दुर्घटनापछि विभिन्न अनुसन्धानहरू भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८