टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु



टर्कीको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको ज्यान गएको छ भने सैयौँको सङ्ख्यामा मानिसहरू घाइते भएको अधिकारीहरूले बताएका छन्।  रिक्टर स्केलमा ६.८ म्याग्निट्यूड नापिएको उक्त भूकम्पका कारण भवनहरू भत्किएका छन्। भूकम्पमा परी एक हजार भन्दा बढी घाइते भएका प्रारम्भिक विवरण प्राप्त भएका छन् ।

भूकम्पको धक्का छिमेकी राष्ट्र सिरिया, लेबनन र इरानमा पनि महसुस गरिएको बताइएको छ। टर्कीमा भूकम्पलाई स्वाभाविक मानिन्छ। सन् १९९९ मा गएको ठूलो भूकम्पमा परेर करिब १७ हजारले ज्यान गुमाएका थिए।

स्थानीय समय अनुसार ८ बजेर ५५ मिनेटमा भूकम्प महसुस गरिएको बताइएको छ। टर्कीको डिजास्टर एण्ड इमरजेन्सी म्यानेजमेन्ट अथोरिटीका अनुसार हालसम्म ६० पटक परकम्प गएको छ।

भूकम्प प्रभावित क्षेत्रमा ४०० भन्दा बढी उद्धारकर्ताहरू बिछौना र टेन्ट बोकेर जाँदै छन्। सरकारले भूकम्पले प्रभावित घरमा नजान सर्वसाधारणहरूलाई आग्रह गरेको छ।

“त्यो निकै डरलाग्दो थियो। हामी माथि सामान खस्यो। र हामी बाहिर भाग्यौँ,” एएफपी समाचार संस्थाले ४७ वर्षीय मेलाहन्ट क्यानले भनेको उल्लेख गरेको छ।

भूकम्प गएको क्षेत्र राजधानी अङ्काराबाट करिब ५५० किलोमिटर पूर्वतिर पर्छ र त्यो क्षेत्रको जनसङ्ख्या त्यति धेरै छैन जस कारण क्षति र मृत्यु हुनेको सङ्ख्याबारे थप विवरण आउन समय लाग्न सक्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भेन्टिलेटरमा राख्नुअघि सङ्क्रमित जोडीको अस्पतालमा विवाह

कोभिड-१९ बाट सङ्क्रमित भएका कारण अस्पताल पुर्याइएका एक जोडीले पुरुषलाई बेहोस बनाई भेन्टिलेटरमा

युरोपमा कोभिडविरुद्धको खोप अभाव

कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेको अर्को एउटा कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएसँगै

विश्वमा ७१.८२ प्रतिशत मानिस कोरोना संक्रमणमुक्त,२१ लाख संक्रमितको मृत्यु

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ लाख नाघेको छ । पछिल्लो

श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

श्रीलङ्काले तमिल अलगाववादीहरूसँगको द्वन्द्वको क्रममा सेनाले युद्ध अपराध गरेको आरोपमा अनुसन्धान गर्ने शुक्रबार