आफ्नो तस्बिर प्रकाशन गर्नेलाई कानुनी कारबाही गर्ने राजकुमार ह्यारी र मेगनको चेतावनी



मेगनका तस्बिर प्रकाशित भएपछि ड्यूक र डचिस अफ ससिक्सले बिनाअनुमति आफ्नो तस्बिर खिच्ने र प्रकाशन गर्नेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।

वकिलहरूका अनुसार डचिस अफ ससिक्सले आफ्नो छोरा बोकेर कुकुर डोर्‍याउँदै हिँडेको तस्बिर फोटोग्राफरहरूले झाडीमा लुकेर खिचेका थिए।

उनीहरूले अनुमति नलिई त्यसरी तस्बिर खिचेर फोटोग्राफरहरूले दुर्व्यवहार गरेको उनीहरूको आरोप छ। ह्यारी र मेगनले भने आफूहरू कानुनी कारबाही गर्नको लागि तयार रहेको बताएका छन्।

उनीहरू बस्न थालेको क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा बढिरहेका फोटोग्राफरका गतिविधिबाट ह्यारी र मेगन आजित भएको बताइएको छ।

वकिलहरूका अनुसार पापाराजीहरूले लामो दूरीको तस्बिर खिच्न सक्ने लेन्सको प्रयोग गरी घरभित्रका तस्बिर खिच्ने प्रयास समेत गरिसकेका छन्।

ब्रिटिश कोलम्बियाको कानुन अनुसार डचिस अफ ससिक्सले आफ्नो गोपनियता भङ्ग गरेको अभियोगमा मुद्दा दायर गर्न सक्छिन्। तर क्यानडाली नियमकानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार पनि सुनिश्चित गरेको छ।

सोमवार मेगनले भ्यानकुभर आइल्यान्डको होर्थ हिल रिजनल पार्कमा आफ्नो आठ महिने छोरा आर्चीलाई बोकेर गाइ र ओजी नामका दुई कुकरसँग हिँडिरहेको तस्बिर सार्वजनिक भएको थियो।

ब्रिटेनमा एक कार्यक्रममा सहभागी भएका ड्यूक अफ ससिक्स चाहिँ मङ्गलवार मात्र क्यानडा पुगेका थिए। सञ्चारमाध्यमसँग लामो समयदेखि राजकुमार ह्यारीको अप्ठ्यारो सम्बन्ध रहँदै आएको छ।

प्यारिशमा पापाराजी फोटोग्राफरहरूले मोटरसाइकलमा पछ्याइरहँदा उनकी आमा प्रिन्सेस अफ वेल्स डायनाको कार दुर्घटनामा मृत्यु भएको थियो।

सन् १९९७ अगस्ट ३१ तारिखमा राजकुमारी डायनाको निधन भएको थियो। सन् २०१६ मा राजकुमार ह्यारीले आफ्नी तत्कालीन प्रेमिका मेगनलाई “शोषण र दुर्व्यवहार गरेको” भन्दै सञ्चारमाध्यमको आलोचना गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक

विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय

बाढीले अफगानिस्तानमा ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

  हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७० वटा विद्यालय र

उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका