ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु



अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब त्यसको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा तातो बहस गरिरहेका छन्।

ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको प्रयासलाई सत्तारुढ रिपब्लिकनहरूले विफल तुल्याइदिएपछि थप दस्ताबेज मगाउने कि नमगाउने भन्ने विषयमा बहस चल्दैछ।

सिनेटमा बहुमत रहेको रिपब्लिकन पार्टीका नेता मिच मक्कोनेल महाभियोग मुद्दाका प्रमुख साक्षी र दस्ताबेजलाई झिकाउन नहुने पक्षमा छन्। तर विपक्षी डेमोक्रयाटहरू त्यसो हुन नहुने र यदि त्यसो गरिएमा त्यो ढाकछोप वा सो सरह हुने बताउँछन्।

ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गर्दै युक्रेनबाट नाजायज फाइदा लिन खोजेको र अमेरिकी कङ्ग्रेसलाई आफ्नो काम कारबाहीको छानबिन गर्न नदिएको आरोपको सामना गरिरहेका छन्।

रिपब्लिकनहरूले ट्रम्प प्रशासन र युक्रेनबीचका सम्पर्क सम्बन्धी थप दस्ताबेजहरू ह्वाइट हाउसबाट मगाउनु पर्ने अडान राख्दै डेमोक्र्याटहरूले ल्याएका दुई संशोधन प्रस्तावलाई विफल बनाइदिएका छन्।

त्यहाँ पार्टीका आफ्ना लाइन अनुसारै मतदान भएका छन्। अन्य थप संशोधनहरूका विषयमा पनि विचार विमर्श भइरहेका छन्।

सिनेटको च्याम्बरमा ह्वाइट् हाउसको बजेट कार्यालयका दस्ताबेजहरूमाथि विचार गर्ने कि नगर्ने भन्ने विषयमा बहस भइरहेको छ। एकजना अभियोजनकर्ता जेसन क्रोले ट्रम्पले नियतवश ती दस्ताबेज रोकेको आरोप लगाए।

उनले भने, “छानबिनका क्रममा बयान दिएका साक्षीहरूले महाभियोग छानबिनसँग सम्बन्धित थुप्रै दस्ताबेजहरू रहेको बताएका छन्। ती दस्ताबेजहरू छन्। तर राष्ट्रपतिले नदिनु भनेकाले ती रोकिएका छन्।

राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनसम्बन्धी नकारात्मक जानकारी दिन युक्रेनलाई अनुचित दबाब दिएको आरोप खेपिरहेका छन्।

डेमोक्र्याटहरूले रिपब्लिकनहरू विरुद्ध त्यस मामिलाको ढाकछोप गर्न खोजेको आरोप लगाइरहेका छन्। अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८