चीनमा तीन सय जनामा कोरोना भाइरसको सङ्क्रमण



चीनमा श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरसको सङ्क्रमणबारे कुनै पनि ढाकछोप नगर्न वरिष्ठ नेताहरूले कर्मचारीहरूलाई चेतावनी दिएका छन्।

हालसम्म त्यहाँ तीन सय जनामा उक्त नयाँ भाइरसको सङ्क्रमण पाइएको छ भने छ जनाको ज्यान गइसकेको छ।

चीनमा शान्ति सुव्यवस्था कायम राख्ने जिम्मा पाएको राजनीतिक संयन्त्रले भनेको छ, जसले सङ्क्रमणका घटनालाई ढाकछोप गर्नेछ ऊ ‘अनन्तकालसम्म लज्जाको खम्बामा बाँधिनेछ’।

वुहान क्षेत्रबाट फैलन शुरू भएको यो भाइरसले एक प्रकारको न्युमोनिया गराउँछ। यो भाइरसको सङ्क्रमण मानिसबाट मानिसमा पनि हुन सक्ने पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठनले बुधवार यो सङ्क्रमणलाई लिएर अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्‌कालको घोषणा गर्ने विषयमा छलफल गर्दैछ।

स्वाइन फ्लु तथा इबोला सङ्क्रमणमा उसले यस्तो घोषणा गरेको थियो। त्यस्तो घोषणा भए त्यसलाई समन्वय गरी तत्काल अन्तर्राष्ट्रिय कामकारबाही होस् भन्ने उसको आह्वानको रूपमा बुझिनेछ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमवार पहिलो पटक मानिसबाट मानिसमा पनि यसको सङ्क्रमण हुनसक्ने पुष्टि गर्‍यो।

ग्वाङ्गडङ्ग प्रान्तमा दुईजना यसरी सङ्क्रमित भएको उसले जनाएको छ। एउटा छुट्टै विज्ञप्तिमा वुहानको नगर स्वास्थ्य आयोगले त्यहाँ उपचारमा संलग्न १५ जना स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण पाइएको जनाएको छ। उनीहरूलाई एक्ल्याएर उपचार गरिँदैछ।

चिनियाँ नयाँ वर्षको उत्सव मनाउन करोडौँ मानिस आवतजावत गर्ने बेला जनस्वास्थ्यमा पछिल्लो समस्या उत्पन्न भएको छ। अस्ट्रेलिया, सिङ्गापुर, हङ्गकङ्ग, ताइवान तथा जापानका अधिकारीहरूले वुहानबाट आएका हवाईयात्रुहरूलाई थप जाँच गर्न थालेका छन्।

अमेरिकाले गत साता नै न्यूयोर्क, सानफ्रान्सिस्को र लस एन्जलस विमानस्थलमा त्यस्तो जाँच शुरू गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेजोसकी पूर्वपत्नी मकेन्जीले गरिन् विज्ञान शिक्षकसँग विवाह

अमेजनका संस्थापक जेफ बेजोससँग सम्बन्धविच्छेद गरेको दुई वर्षपछि अर्बपति मकेन्जी स्कटले आफ्नो छोराछोरीको

दुई महिनापछि फेरि खुले इङ्ग्ल्यान्डमा विद्यालय

इङ्ग्ल्यान्डका लाखौँ विद्यार्थी दुई महिनाभन्दा लामो लकडाउनपछि सोमबारदेखि विद्यालय जान थालेका छन् ।

दक्षिण कोरिया र अमेरिकाबीच सैनिक खर्चमा सहमति

दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियाली द्वीपमा रहेका अमेरिकी सेनाका लागि हुने खर्चमा

शृङ्खलाबद्ध विस्फोटमा परी इक्वटोरीअल गिनीमा कम्तीमा १५ जनाको मृत्यु

पश्चिम अफ्रिकी देश इक्वटोरीअल गिनीमा भएका शृङ्खलाबद्ध विस्फोटनहरूमा परी कम्तीमा १५ जनाको ज्यान