ट्रम्पले वातावरणवादीहरूलाई ‘विनाशको त्रास फैलाउने समूह’ भनेपछि…



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तनका कारण पृथ्वी नष्ट हुन लागेको चेतावनी दिने वातावरणवादीहरूको चर्को आलोचना गर्दै उनीहरूलाई ‘विनाशको त्रास फैलाउने समूह’ भनेका छन्।

स्वीट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै उनले विनाशका भविष्यवाणी अस्वीकार गर्दै अमेरिकाले आफ्नो अर्थतन्त्रको रक्षा गर्ने बताए।

ट्रम्पले डाभोसमा विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै वातावरणवादीहरूलाई ‘प्रोफेट्स अफ डुम’ अर्थात् ‘पूर्ण विनाशको त्रास फैलाउने समूह’को सङ्ज्ञा दिए।

उनले वर्तमान समयलाई आशापूर्ण समय भनेका छन्। वातावरणसम्बन्धी चेतावनी दिनेहरूतर्फ इङ्गित गर्दै ट्रम्पले विगतमा गरिएका त्यस्ता भविष्यवाणी विफल भएको दाबी गरे।

उनले विगतमा विभिन्न अभियानकर्मीहरूले जनसङ्ख्याको सङ्कट र भोकमरी तथा तेल सङ्कटको गलत भविष्यवाणी गरेको भन्दै त्यस्ता ‘उग्र समाजवादीहरूलाई अर्थतन्त्र ध्वस्त गर्न नदिने’ बताए।

अहिलेका वातावरण अभियानकर्मीहरूलाई ट्रम्पले विगतका ‘तिनै मूर्ख भविष्यवक्ताहरूको उत्तराधिकारी’ भनेका छन्। ती अभियानकर्मीहरूले हैकम चलाउन र जीवनका हरेक पक्षमा नियन्त्रण जमाउन प्रयास गरेको उनले बताए।

ट्रम्पले सिर्जनशील बजार अर्थतन्त्रले समस्याका समाधान पहिल्याउने भन्दै अमेरिकाले एक ट्रिलियन रूख रोप्न सघाउने बताए। उनले सम्बोधन गर्दै गर्दा चर्चित स्वीडिश जलवायु परिवर्तन अभियानकर्मी किशोरी ग्रेटा टुनबेर्ग पनि त्यहाँ उपस्थित थिइन्।

टुनबेर्गले ट्रम्पको रूख रोप्ने वाचाको स्वागत गरे पनि खनिज इन्धनबाट तत्काल लगानी हटाउनुपर्ने बताइन्। टुनबेर्गले शक्तिमा रहेकाहरूलाई आफ्नै सन्ततिप्रति माया देखाउन आह्वान गरिन्।

उनले राजनीतिक नेतृत्वको चर्को आलोचना गर्दै संसार जल्दै गर्दा उनीहरूले नदेखिरहेको बताइन्। डाभोसमा हुने वार्षिक सम्मेलनमा यसपाली वातावरण प्रमुख मुद्दा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको डिजिटल क्षेत्रमा तीव्र बृद्धिः १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मार्चसम्म

पोप फ्रान्सिसको निधनप्रति विश्व नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

भ्याटिकन सिटी । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले संसारभर

पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने

वार्सा । डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएको ‘२४ घण्टा’ भित्र युक्रेन र रुसबीच

रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन

बीबीसी । रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । भ्याटिकनस्थित