ह्वावेईकी कार्यकारी प्रमुख मङ्गको अमेरिका सुपुर्दगीबारे क्यानडामा सुनुवाइ शुरू



क्यानडाको अदालतमा चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेईकी कार्यकारी प्रमुख मङ्ग वान्जूलाई अमेरिका सुपुर्दगी गर्ने बारेको मुद्दामा सुनुवाइ सुरु भएको छ।

मङ्गले गोली प्रतिरोधी सिसा पछाडिबाट हेरिरहँदा उनका वकिल रिचर्ड पेकले उनको सुपुर्दगी गरिनुपर्ने आधारहरू नभएको जिकिर गरेका छन्।

अमेरिकामा ठगी र इरानविरुद्धको प्रतिबन्धको अवज्ञा गरेको आरोप खेपिरहेको ह्वावेईका संस्थापककी छोरी मङ्गको गिरफ्तारीका कारण वासिङ्टन र बेइजिङबीचको सम्बन्ध चिसो भएको छ। पेकले क्यानडाले इरानमाथि प्रतिबन्ध नलगाएकोले मङले क्यानडाको कानुनको अवज्ञा नगरेको तर्क गरे।

सोमबार भ्यानकुभरस्थित अदालत आउने जाने क्रममा ४७ वर्षीय मङ्गले भने कुनै प्रतिक्रिया जनाइनन्। इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धको अवज्ञा गरेको लगायतका विषयमा अमेरिकाले मङ्गलाई आफ्नो देशमा ल्याएर मुद्दा चलाउन चाहन्छ।

सन् २०१८ मा क्यानडामा पक्राउ परेकी मङ्गले भने गलत काम नगरेको बताउँदै आएकी छन। ह्वावेईकी उच्च अधिकारीसम्बन्धी सो मुद्दालाई क्यानडा, अमेरिका र चीनले चासोका साथ हेरिरहेको छ।

यसैबीच ह्वावेईले भने “मङ्गको न्याय र स्वतन्त्रताको खोजीमा” साथ दिने बताएको छ। अदालती कारबाही चलिरहेका बेला सामाजिक सञ्जालमा राखिएको एउटा भिडिओमा ह्वावेईले क्यानडाको न्यायिक प्रणालीमाथि विश्वास रहेको र त्यसले मङ निर्दोष रहेको प्रमाणित गर्ने बताएको छ।

पहिलो चरणको सुनुवाइ ज्यानुअरी २० देखि २४ सम्म हुने तय गरिएको छ। अमेरिकाले मङ्गमाथि लगाएको आरोपलाई क्यानडामा पनि अपराधका रूपका हेरिन्छ कि हेरिँदैन भन्ने विषयमा अदालतले सुनुवाइ गर्नेछ।

मङ्ग वान्जू चीनको अग्रणी टेलिकम कम्पनी ह्वावेइकी आर्थिक मामिलासम्बन्धी प्रमुख र सोही कम्पनीका संस्थापककी छोरी हुन्। ह्वावेइ सञ्चार सामग्री र सेवा प्रदान गर्ने संसारकै सबैभन्दा ठूलो कम्पनी हो। हालै मात्र उसले एप्पल कम्पनीलाई उछिनेर स्मार्टफोन उत्पादनमा सामसङपछि विश्वकै दोस्रो ठूलो कम्पनी बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८