ब्रिटेन आफ्नो घर भएको र त्यो कहिल्यै नबदलिने राजकुमार ह्यारीको भनाई



ब्रिटेका राजकुमार ह्यारीले वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्ने आफ्नो निर्णयप्रति ठूलो दु:ख व्यक्त गर्दै आफूसँग त्यसबाहेक “अरू कुनै विकल्प नभएको” बताएका छन्।

उनी र उनकी श्रीमती मेगनले अब शाही पदहरूको प्रयोग नगर्ने र धेरै समय क्यानडामा बिताउने घोषणा गरेपछि ह्यारीले एक परोपकारी संस्थाको कार्यक्रममा पहिलो सार्वजनिक प्रतिक्रिया दिएका हुन्।

उनले भने, “म र मेरी श्रीमती पछि हट्ने सम्बन्धमा गरेको निर्णय मैले हलुका ढङ्गले गरेको होइन। महिनौँदेखिको छलफल र वर्षौँदेखिको चुनौती पछि यो निर्णय गरिएको हो।” उनले ब्रिटेन आफ्नो घर भएको र त्यो कहिल्यै नबदलिने पनि बताए।

उनले आफू र आफ्नी पत्नीले करदाताको पैसा नलिइकनै महारानीका लागि काम गर्ने विश्वास राखेको तर दुर्भाग्यवश त्यो हुन नसकेको धारणा व्यक्त गरे। उनले आफू र मेगन टाढा भाग्न नलागेको पनि स्पष्ट पारे। यसै महिनाको सुरुमा ह्यारी र मेगनले आफूहरू राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेका थिए।

दक्षिणी अफ्रिकामा एचआईभीसहित बाँचिरहेका बालबालिकाका लागि ह्यारी सहसंस्थापक रहेको एउटा संस्थाले रकम जम्मा गर्नका लागि आयोजना गरेको कार्यक्रममा उनीले आफ्ना धारणाहरू राखेका हुन्।

त्यसको सुरुवात् गर्दै उनले भने, “गत केही साताहरूमा तपाईँहरूले के सुन्नुभयो वा पढ्नुभयो होला भन्ने म कल्पना मात्र गर्न सक्छु, त्यसैले म चाहन्छु तपाईँहरू मबाट मैले जति साझा गर्न सक्छु त्यो जति सत्य कुरा सुन्नुहोस् भन्ने चाहन्छु, एउटा राजकुमारका रूपमा होइन ह्यारीका रूपमा।”

उनले आफ्नी हजुरआमा महारानी एलिजाबेथप्रति सधै उच्चतम सम्मान रहेको पनि उनले बताए। बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरी सकेको छ।

दरबारका अनुसार अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन्। ब्रिटिश राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई ‘रोयल हाइनेस’ भन्ने चलन छ।

दरबारद्वारा जारी वक्तव्यका अनुसार “ड्यूक र डचिस अफ ससिक्स अब राजपरिवारका औपचारिक सदस्य नरहने र उनीहरूले शाही उपाधि प्रयोग गर्ने छैनन्।” आगामी वसन्त ऋतुबाट यो निर्णय कार्यान्वयनमा आउने दरबारल जनाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ

युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार