फेसबुकले माग्यो चिनियाँ राष्ट्रपतिसँग माफी



बर्मेली भाषाबाट अङ्ग्रेजीमा अनुवाद गर्दा चिनियाँ राष्ट्रपति सी जिन्पिङको नाममा आपत्तिजनक शब्द प्रयोग भएपछि फेसबुकले माफी मागेको छ।

म्यानमारको राजकीय भ्रमणको दोस्रो दिन सीको नाम अनुवादमा भएको त्रुटि प्रकाशमा आएको हो। शनिवार सीले म्यानमारकी नेतृ आङ साङ सू चीसँग भेट गरेका थिए र सो बारेमा फेसबुकको बर्मेली भाषामा राखिएको पोस्ट अङ्ग्रेजीमा अनुवाद गर्दा गल्ती भएको थियो।

सीको नाममा ‘सीटहोल’ अर्थात् शौचालय भन्ने भाव रहेको शब्द अनुवाद भएको थियो। सू ची र उनको कार्यालयले गरेका फेसबुक पोस्टमा त्यस्तो गल्ती भएको हो।

फेसबुकले एउटा विज्ञप्ति मार्फत शनिवार त्यो घटनालाई सम्बोधन गरेको थियो र गलत अनुवादका लागि “प्राविधिक कारण”लाई जिम्मेवार ठहराएको थियो।

“हामीले बर्मेलीबाट अङ्ग्रेजी अनुवादमा असर पारेको प्राविधिक विषय हल गरेका छौँ,” फेसबुकका प्रवक्ता एन्डी स्टोनले भने।

“यस्तो हुनु हुँदैन थियो र यो फेरि नहोस् भन्नका लागि हामी आवश्यक कदम चाल्दैछौँ।” बर्मेली भाषा म्यानमारको आधिकारिक भाषा हो र यो भाषा त्यहाँ दुई तिहाइ जनसङ्ख्याले बोल्छन्।

बर्मेलीबाट अङ्ग्रेजीमा अनुवाद हुने डेटाबेसमा सीको नाम समावेश नगरिएको फेसबुकले स्वीकार गरेको छ। कुनै शब्दबारे तथ्याङ्क फेला नपरेको खण्डमा फेसबुकको प्रणालीले त्यसको अनुवादको अनुमान लगाउँछ।

त्यसपछि अनुमान गर्न मिल्दोजुल्दो अक्षरहरूको प्रयोग गरिने फेसबुकले बताएको छ। “हामी बर्मेलीबाट अङ्ग्रेजी अनुवादमा देखा परेको समस्याबारे जानकार छौँ र यसको हल चाँडोभन्दा चाँडो गर्न लागि परेका छौँ,” स्टोनले थपे।

सूचना प्रवाहमा सरकारी नियन्त्रण रहेको चीनमा फेसबुकमा भएको त्यो गल्ती सेन्सर गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागोर्नो काराबाखमा इन्धन डिपो विष्फोट हुँदा २० जनाको मृत्यु

नागोर्नो काराबाखमा इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन् । स्थानीय

चीनका विदेशमन्त्री भन्छन् -एपेक बैठक सहयोग विस्तारमा केन्द्रित हुनुपर्छ

चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक सहयोग

कुक आइल्याण्डस् र निउलाई अमेरिकी मान्यता

  संयुक्त राज्य अमेरिकाले दक्षिण प्रशान्त महासागरमा अवस्थित साना टापु राज्य कुक आइल्याण्डस्

आर्थिक मामिलामा नियमित छलफल गर्ने चीन र युरोपेली संघबीच सहमति

चीन र युरोपेली सङघले बृहत् आर्थिक मुद्दाहरूमा नियमितरुपमा छलफल गर्न सहमति जनाएका छन्