खामेनेईलाई आफ्ना शब्दप्रति सचेत रहन ट्रम्पको चेतावनी



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईलाई “आफ्ना शब्दप्रति सचेत रहन” चेतावनी दिएका छन्।

तेहरानमा शुक्रवार एउटा सार्वजनिक प्रवचनका क्रममा खामेनेईले संयुक्त राज्य अमेरिकाको आलोचना गरेपछि ट्रम्पको प्रतिक्रिया आएको हो।

हजारौँ मानिसलाई सम्बोधन गर्दै खामेनेईले अमेरिकी राष्ट्रपति ट्रम्पलाई “जोकर” को सङ्ज्ञा दिए भने इराकस्थित अमेरिकी सैन्य आधारशिविरमाथि इरानले हालै क्षेप्यास्त्र प्रहार गरेकोमा प्रशंसा गरे।

शुक्रवार ट्वीट गर्दै ट्रम्पले “सर्वोच्च नेता भनिए पनि खामेनेई सर्वोच्च नरहेको” र इरानको अर्थतन्त्र धरमराइरहेको तथा त्यहाँका जनताले दुःख झेल्नु परेको दाबी गरे।

दुई हप्ताअघि अमेरिकाले आक्रमण गरी इरानका वरिष्ठ सैनिक जेनरल कासिम सुलेमानीलाई मारिदिएपछि वाशिङटन र तेहरान बीचको तिक्तता झन् बढेको छ।

असी वर्षीय खामेनेईले राजधानी तेहरानस्थित मोसल्ला मस्जिदबाट शुक्रवार देशलाई सम्बोधन गरेका थिए। उनले पछिल्लो पटक सन् २०१२ मा देशमा इस्लामिक क्रान्ति भएको ३३ औँ वर्षगाँठ मनाउने सन्दर्भमा यसैगरी सम्बोधन गरेका थिए। राजधानीमा शुक्रवारका प्रार्थनाहरूको नेतृत्व गर्नुको साङ्केतिक रूपमा ठूलो महत्त्व छ।

वाशिङटन इन्स्टिट्युट फर नीअरइस्ट पोलिसीका मेहदी खलाजी भन्छन्, यो यस्तो समारोह हो जुन इरानको सर्वोच्च निकायले निकै महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बेलाका लागि मात्रै आयोजना गर्छन्। विगतमा इरानी नेताहरूले यस्तो अवसरको जिम्मा वाक्‌पटुतामा निपुण आफूप्रति वफादार धर्मगुरुलाई दिने गर्थे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको डिजिटल क्षेत्रमा तीव्र बृद्धिः १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मार्चसम्म

पोप फ्रान्सिसको निधनप्रति विश्व नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

भ्याटिकन सिटी । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले संसारभर

पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने

वार्सा । डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएको ‘२४ घण्टा’ भित्र युक्रेन र रुसबीच

रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन

बीबीसी । रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । भ्याटिकनस्थित