सिरियामा बालबालिकाको अवस्था झनै दयनीय



सिरियामा लडाइ सुरु भएको नौ वर्षपछि त्यहाँका दशौँ लाख बालबालिकाहरूको अवस्था झनै दयनीय भएको एक नयाँ राष्ट्रसङ्घीय प्रतिवेदनले जनाएको छ।

त्यसका अनुसार बालबालिकामाथि हुने अपराध घटेको छैन र लाखौँ बालबालिका विद्यालय जान पाइरहेका छैनन्। यसैबीच उत्तरी प्रान्त इद्लिबमा चर्किएको भिडन्तमा करिब ४० जनाको ज्यान गएको विवरण प्राप्त भएको छ।

सिरियाली बालबालिकाबारेको नयाँ राष्ट्रसङ्घीय अध्ययन प्रतिवेदन अनुसार त्यहाँका बालबालिकाहरूको अवस्था निकै दयनीय छ।

त्यहाँ १२ वर्ष उमेरका कलिला बालकलाई समेत यातना दिइएको र बालिकाहरूको अपहरण र बलात्कार जारी रहेको प्रतिवेदनमा उल्लेख छ।

सिरियाका विभिन्न स्थानमा केटाकेटीहरूको हत्या हुने क्रम पनि नरोकिएको मानवअधिकार अनुसन्धानकर्ताहरूको भनाइ छ।

नयाँ अध्ययन अनुसार २० लाख भन्दा बढी सिरियाली बालबालिकाहरू विद्यालय जान पाइरहेका छैनन्। राष्ट्रसङ्घीय प्रतिवेदनले त्यहाँ मानिसहरूलाई शिक्षा र स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न र सिरिया पुगेका विदेशी लडाकुका केटाकेटीलाई स्वदेश फर्काउन सरकारहरूलाई आग्रह गरेको छ।

सिरियाली बालबालिकाको दयनीय अवस्थाबारेको प्रतिवेदन सार्वजनिक भएको बेला उत्तरी प्रान्त इद्लिबमा सिरियाली सरकारी फौज र विद्रोहीबीच भीषण लडाइ भएको खबर प्राप्त भएको छ।

रुसी र सिरियाली विमानले ती हमला गरेको एक अनुगमन समूहले बताएको छ।  रुस र सिरिया सरकारको प्रतिक्रिया आइसकेको छैन।

सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स नामक समूहका अनुसार पछिल्लो लडाइँमा दुबै पक्षका गरी करिब ४० जना लडाकुको ज्यान गएको छ।

एक दिनअघि इद्लिबको एक बजार र औद्योगिक क्षेत्रमा हवाई आक्रमण हुँदा कम्तीमा १८ जना गैरसैनिकको ज्यान गएको खबर प्राप्त भएको थियो।

रुसको समर्थन प्राप्त सरकारी फौज इद्लिबको दक्षिण पूर्वतिर अवस्थित केही गाउँहरूमा नियन्त्रण जमाउँदै अघि बढिरहेको जनाइएको छ।

सिरियामा रुस र टर्कीले मध्यस्थता गरेको युद्धविराम सम्झौता लागु हुने अपेक्षा गरिएको बेला भिडन्त चर्किएको खबर आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही