रुसमा जन्मदर बढाउन परिवारलाई सुविधा बढाउने नयाँ प्रस्ताव



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा जन्मिने बच्चाहरूको सङ्ख्या बढाउँदै घट्दो जन्मदर बढाउनका लागि नयाँ कदमहरू चाल्ने घोषणा गरेका छन्।

अहिले रुसमा प्रत्येक महिलाले दुई भन्दा कम बच्चा जन्माइरहेका छन्। उनले आउने चार वर्षमा त्यसलाई झन्डै दोब्बर बनाउने योजना सार्वजनिक गरेका छन्।

रुसको भविष्य जनसङ्ख्याको आकारमा निर्भर हुने बताउँदै उनले नयाँ घोषणा गरेका हुन्। गत वर्ष पुटिनले ठूला परिवारलाई कर छुट दिने प्रतिज्ञा गरेका थिए।

बुधवार उनले घट्दो जन्मदरप्रति चिन्ता व्यक्त गर्दै देशको जन्मदर अहिले फेरि घट्न थालेको बताए। त्यसपछि उनले अब बन्ने नयाँ आमाहरूलाई राज्य सुबिधा तथा सेवा दिने प्रतिबद्धता व्यक्त गरे।

रुसको जन्मदर निकै घट्ने प्रक्षेपण भइरहँदा पुटिनले जनसङख्या बढाउन परिवारहरूलाई प्रेरित गर्न कल्याणकारी सुविधाहरू दिने प्रस्ताव गरेका हुन्।

संसदको दुवै सदनलाई दिइएको आफ्नो वार्षिक सम्बोधनमा उनले रुसको भाग्य देशमा कति मानिस छन् भन्ने कुरामा निर्भर रहने बताए।

उनले परिवारको सङ्ख्या बढाउन चाहने युवा पुस्तालाई सरकारले सहयोग गर्ने बताए। अहिलेसम्म कम्तीमा दुई बालबालिका भएका आमाले मातृत्व सेवा सहुलियत पाउँदै आएका छन्। न्यून आय भएका परिवारका तीनदेखि सात वर्ष उमेरसम्मका केटाकेटीले पनि सरकारी सुविधा पाउँछन्।

रुस र कैयौँ पूर्वी युरोपेली देशहरू अहिले घट्दो जन्मदर बढाउन सङ्‍घर्ष गरिरहेका छन्। गत महिना मात्रै हङ्गेरीका प्रधानमन्त्रीले दम्पतीहरूलाई निशुल्क उपचार सेवा दिने र तीन वा बढी बच्चाका आमालाई कर छुट दिन सकिने प्रस्ताव गरेका थिए।

रुसमा चार बच्चाका आमालाई अहिले पनि केही कर छुट दिइन्छ। सन् १९९० को दशकदेखि रुस नाटकीय रूपमा घटेको जन्मदर बढाउने प्रयासमा छ। सन् १९९९ मा रुसको जन्मदर दोस्रो विश्व युद्धको भन्दा कममा झरेर १ दशमलव १६मा झरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता