अमेरिकामा आपत्‌कालीन अवतरण गर्न विमानले इन्धन खसाल्दा १७ बालबालिका घाइते



एउटा यात्रुवहाक विमानले लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्‌कालीन अवतरण गर्नु अघि विद्यालयको खेलमैदानमा इन्धन खन्याएको छ।

इन्धन शरीरमा परेपछि कम्तीमा १७ बालबालिका र केही युवाहरूमा छाला र श्वासप्रश्वासको समस्या देखिएको छ। हवाई नियमले आपत्‌कालीन अवस्थामा इन्धन खसाल्न अनुमति दिए पनि उच्च उचाइबाट निश्चित स्थानमा मात्रै त्यसो गर्न पाइने बताइएको छ।

डेल्टा वायुसेवाको सो विमानको इन्जिनमा समस्या आएको कारण विमानस्थल फर्किएको थियो। विमानस्थलबाट २६ किलोमिटर पूर्वमा रहेको पार्क एलिमेन्टरी विद्यालयमा प्रभावित सबै समान्य घाइते भएका हुन्।

लस एन्जेलस टाइम्स पत्रिकाका अनुसार इन्धल खसालिएको समयमा दुई वटा कक्षाका विद्यार्थीहरू चौरमा थिए। विद्यालय रहेको कुडाही शहरकी नगरप्रमुख एलिजावेथ एल्कान्टरले भनिन्: “म ज्यादै दुखित छु। यो प्राथमिक विद्यालय हो र त्यहाँ सबै साना बालबालिका थिए।”

डेल्टा वायुसेवाले एक विज्ञप्तिमा विमानले अवतरणको बेला तौल कम गर्न इन्धन पोखेको पुष्टि गरेको छ। फेडेरल एभिएशन एडमिनिस्ट्रेसनकी प्रवक्त्ता एलेन केनिट्जेरले रोयटर्स समाचार संस्थालाई भने: “हामी यो घटनाको छानबिन गरिरहेका छौँ।”

“अमेरिकी विमानस्थलबाट आवतजावत गर्ने विमानका लागि इन्धन पोख्ने सम्बन्धमा विशेष नियम छ।” “त्यो नियमले समान्यतया उच्च उचाइमा बसोबास नभएको क्षेत्रमा इन्धन पोख्न मात्रै अनुमति दिन्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब