अतिक्रमण गर्न खोजे त्यो चीनलाई महँगो साबित हुने ताइवानी राष्ट्रपतिको चेतावनी



ताइवानकी राष्ट्रपति साइ यिङ्ग वुनले चीनले “वास्तविकताको सामना गर्न” तथा “ताइवानप्रति सम्मान दर्शाउन” आवश्यक रहेको बीबीसीलाई बताएकी छन्

बेइजिङबाट बढ्दो खतरामाथि केन्द्रित चुनावी अभियानपछि गत शनिवार उनी दोस्रो कार्यकालका लागि बहुमतले निर्वाचित भएकी थिइन्।

चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि ताइवानमाथि आफ्नो सार्वभौमसत्ता दाबी गर्दै आएको छ। उसले आवश्यक परे बल प्रयोग गरेर भए पनि त्यो अधिकार लिने बताउने गरेको छ।

राष्ट्रपति साइले ताइवानको सार्वभौमसत्ताबारे कुनै शङ्का अथवा त्यसबारे वार्ता गर्नुपर्ने आवश्यकता नरहेको बताइन्। निर्वाचित भएपछि बीबीसीसँगको विशेष अन्तर्वार्तामा ६३ वर्षीया राष्ट्रपति साइले भनिन्, “हामीले ताइवानलाई एउटा स्वतन्त्र राज्य घोषणा गर्न आवश्यक छैन।”

“हामी पहिल्यैदेखि स्वतन्त्र राष्ट्र हौँ र हामी आफूलाई गणतान्त्रिक चीन, ताइवान भन्छौँ,”उनले थपिन्। यस्ता अभिव्यक्तिले बेइजिङलाई क्रुद्ध बनाउन सक्छ जसले “एक चीन” नीतिलाई समर्थन गर्न उम्मेदवार खान ग्वो यीलाई राष्ट्रपतीय चुनावमा समर्थन गरेको थियो।

उनको दल चिनियाँ गृहयुद्धमा पराजित राष्ट्रवादीहरूद्वारा गठित पार्टी हो जसलाई चीनबाट भागेर ताइवान पुगेकाहरूले गठन गरेका थिए।

उनीहरूले ताइवानलाई बृहत्तर चीनको एउटा हिस्साका रूपमा हेर्दै आएका छन्। बेइजिङले आर्थिक सम्बन्ध निर्माणका लागि ताइवानले चिनियाँ सार्वभौमसत्तालाई स्वीकार्नु पूर्वशर्तको रूपमा रहेकोमा जोड दिँदै आएको छ।

तर यो कुरा स्पष्ट छ कि साइलाई आफ्नो जितले “एक चीन” नीतिप्रति मानिसहरूको न्यून लगाएको रहेको देखाएको विश्वास छ।

“स्थितिमा अहिले परिवर्तन आएको छ,” उनले भनिन्, “ताइवानको हैसियत बारेको बेइजिङको अस्पष्ट नीतिले उसको स्वार्थलाई फाइदा पुर्‍याउँदैन।” उनले भनेकी छन्, “चीनले अतिक्रमण गर्न खोजे उसलाई त्यो निकै महँगो साबित हुनेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत