अस्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वी घुम्ने नासाको भनाइ



अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ। महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको छ।

नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र ज्यानुअरी ८ सम्म पृथ्वी आधा घुमेको नासाको भनाइ छ।

“त्यो धुवाँले पृथ्वीको कम्तीमा एक फन्को लगाउने अपेक्षा गरिएको छ,” अमेरिकी अन्तरिक्ष संस्थाले बताएको छ। अस्ट्रेलियामा सयौँ स्थानमा डढेलो लागेको र त्यसले कम्तीमा २८ जनाको ज्यान लिनुको साथै २,००० घर ध्वस्त बनाएको छ।

विज्ञहरूले ती डढेलोहरूका कारण जलवायु परिवर्तन तीव्र बनाएको दाबी गरेका छन्। नासाका अनुसार ती डढेलोहरू यति विशाल छन् कि तिनले अस्वाभाविक रूपमा धेरै आगोका कारण हुने आँधीबेहरी ल्याएका छन्।

त्यसको कारण धुवाँ आकाशको धेरै नै माथि पुगेको छ। धुवाँ १७.७ किलोमिटर माथिसम्म पुगेको नासाको तथ्याङ्क छ। “त्यति माथि पुगेको धुवाँ संसारभरको आकाशको अवस्थालाई प्रभावित पार्दै पृथ्वी घुम्न सक्छ,” नासाले भनेको छ।

नासाले त्यो उचाइको धुवाँले आकाशलाई चिस्याउने वा तताउने सम्बन्धमा अध्ययन गरिरहेको बताएको छ। नासाका अनुसार धुवाँका कारण उत्तर अमेरिकाको आकाशको रङ्ग परिवर्तन भएको र न्यूजील्याण्डमा नाटकीय प्रभाव पारेको बताएको छ।

न्यूजील्याण्डमा धुवाँले वायु प्रदुषण नराम्ररी बढाएको र हिमालको टुप्पोको हिउँलाई कालो बनाएको छ। अस्ट्रेलियाका ठूला शहरहरू सिड्नी, मेलबर्न, क्यानबेरा र एडिलेडको वायु प्रदूषण खतराको अवस्थामा पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानमा शासन परिवर्तन अकल्पनीयः रुस

मस्को। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै पनि छलफललाई पूर्ण

इयुद्वारा प्रमुख राज्य चिकित्सा उपकरण सम्झौताबाट चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध

ब्रसेल्स । बेइजिङले आफ्नो बजारमा पहुँचमा राखेका सीमाहरूको जवाफमा युरोपेली संघ (इयु) ले

अमेरिकी अपील अदालतद्वारा ट्रम्पलाई एलएमा नेसनल गार्ड नियन्त्रण गर्न अनुमति प्रदान

सान फ्रान्सिस्को (अमेरिका)। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको आपत्तिका बावजु अमेरिकी अपील अदालतले बिहीबार

इजरायली सेनाद्वारा तेहरानको हतियार अनुसन्धान केन्द्रमा आक्रमण

जेरुसेलम । दुई शत्रुबीचको युद्धको आठौँ दिनमा इजरायली सेनाले रातभर तेहरानमा दर्जनौँ लक्ष्यमा