इरानमा सर्वोच्च नेता आयतूला अली खामनेईविरुद्ध नाराबाजी



राजधानी तेहरान तथा इरानका अन्य विभिन्न सहरमा गए आइतवार राति पनि सरकारविरोधी प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले सर्वोच्च नेता आयतूला अली खामनेईको विरोधमा नारा लगाए।

तेहरानमा प्रदर्शनकारीहरूले गत हप्ता अमेरिकी हवाई आक्रमणमा मारिएका सैन्य नेता कासिम सुलेमानीका तस्बिर पनि च्यातेका छन्।

एक सय ७६ जनाको ज्यान जानेगरी तेहरानमा भएको विमान दुर्घटनाबारे सरकारले झुट बोलेको भन्दै विरोध सुरु भएको हो।

प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयासमा अश्रुग्यास प्रहार गर्‍यो। कैयौँ व्यक्ति पक्राउ परेका छन्।

इरानी नागरिकसहित विभिन्न देशका यात्रु चढेको युक्रेनी विमान इरानी क्षेप्यास्त्र प्रहारका कारण भुइँमा खसेको थियो। पहिला क्षेप्यास्त्र प्रहार नभएको दाबी गरेको भए पनि शनिवार इरानी सेनाले “मानवीय त्रुटिका कारण” त्यसो हुन गएको स्वीकारेको थियो।

इरानको रेभलूशनरी गार्ड्स कोरका प्रमुख हुसेन सलामीले संसद्‌मा बोल्दै विमान खसालिनु अनुचित भए पनि त्यो घटना भइसकेको टिप्पणी गरेका छन्।

“ईश्वर साक्षी छन्। यो दु:खद घटना झेल्नुभन्दा म त्यो विमानमा रहन र उनीहरूसँगै जल्न चाहन्छु,” उनले भने।

ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि प्रदर्शनकारीहरू विरोध कार्यक्रममा सहभागी भएका थिए। सडकमा दङ्गा प्रहरीका साथै मोटरसाइकलमा रेभलूशनरी गार्ड्सका सैनिक खटिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र

इजरायली आक्रमणमा इरानको रिभोलुशनरी गार्डका प्रमुख होसेन सलामको मृत्यु

बीबीसी । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरायली डिफेन्स फोर्सले बताएको छ

‘एयर इन्डियाको विमान दुर्घटनाले नागरिक उड्डयन क्षेत्रमा सन्नाटा’

काठमाडौं । भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ