अमेरिकामा भीषण आँधी, कम्तीमा ११ जनाको मृत्यु



दक्षिणी अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ।

अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण आएका छन्। आँधीका कारण विद्युत्‌ आपूर्ति अवरुद्ध हुँदा दशौँ हजार मानिस प्रभावित भएका छन्।

केही घरहरू ध्वस्त भएका छन् भने कतिपय सडक डुबानमा परेका छन्। टोर्नेडो आउने भनेर शनिवार कैयौँ चेतावनी जारी गरिएका थिए। अलाबामा चाहिँ सबैभन्दा जोखिममा रहेको बताइएको छ।

मध्यपश्चिमी क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ भने शिकागोका प्रमुख दुई विमानस्थलमा शनिवार सयौँ उडान रद्द गरिएका छन्।

लुइजियानास्थित बोसिएर प्यारिश शेरिफ कार्यालयले जनाए अनुसार आँधीले शुक्रवार अस्थायी घर उडाउँदा एक ज्येष्ठ दम्पतीको ज्यान गएको हो।

घरमाथि रूख ढल्दा अर्का एक जनाको ज्यान गएको छ। मौसमसम्बन्धी निकाय एनडब्ल्यूएसले अलाबामा राज्यमा पर्ने पिकेन्स काउन्टीमा तीन जनाको ज्यान गएको पुष्टि गरेको छ।

अलाबामाको बर्मिङ्घमस्थित एनडब्ल्यूएसको कार्यालयले मृत्युबारे ट्विटरमार्फत्‌ जानकारी गराउँदै भनेको छ, “यी चेतावनीहरूलाई गम्भीरतापूर्वक लिन आग्रह गरिन्छ।”

टेक्ससमा दुई जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।धेरै ठाउँमा बिजुलीका खम्बा र रूखहरू ढलेका विवरण प्राप्त भएका छन् भने आँधीले थुप्रै घरमा क्षति पुर्‍याएको छ।

मिजुरी, ओक्लोहोमा र आर्कन्सामा पनि आँधीले सम्पत्तिमा क्षति पुर्‍याएको छ। आँधीबाट प्रभावित मानिसहरूलाई सुरक्षित स्थानमा आश्रय लिन तथा डुबानमा परेका सडकहरूमा ननिस्कन आह्वान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ