ब्रिटिस महारानी र राजकुमार ह्यारीबीच छलफल हुने



ब्रिटिस महारानी र राजकुमार ह्यारीले ड्यूक एवम् डचिस अफ ससिक्सको भावी भूमिकाबारे सोमवार छलफल गर्ने भएका छन्।

दरबारका अधिकारीहरूले बीबीसीलाई बताए अनुसार प्रिन्स अफ वेल्स र ड्युक अफ केम्ब्रिज पनि त्यो बैठकमा सहभागी हुने ठानिएको छ।

गत हप्ता ड्यूक र डचिस अफ ससिक्स राजकुमार ह्यारी र मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका थिए। तर सोमवारको छलफलमा के सहमति हुन्छ भन्ने विषय भने पेचिलो छ।

बीबीसीका शाही संवाददाता जोनी डाइमन्डका अनुसार उक्त छलफलले केही दिनभित्रै समाधान खोज्ने महारानीको चाहना अनुरूप राजकुमार ह्यारी र उनकी पत्नी मेगनको राजपरिवारसँगको नयाँ सम्बन्ध परिभाषित गर्ने विषयलाई ‘अर्को चरण’मा पुर्‍याउने आशा गरिएको छ।

उनका अनुसार छलफलमा अझै “जटिल अवरोध” पार गर्नुपर्ने अवस्था छ। राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ड्यूक र डचिस अफ ससिक्सको घोषणा पछि विभिन्न चरणमा भएका बैठक र परामर्श पछि सोमवार छलफल हुन लागेको हो।

राजकुमार ह्यारी र उनकी पत्नीको ब्रिटेनको राजपरिवारमा अब के भूमिका हुन्छ भन्ने विषयमा छलफल चलिरहँदा डचिस अफ ससिक्स मेगन मार्कल क्यानडा गएकी छन्।

ह्यारी र मेगन क्रिस्मसको बिदामा छोरा आर्चीलाई लिएर क्यानडा गएका थिए। त्यहाँबाट स्वदेश फर्किएपछि उनीहरूले अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै त्यस्तो घोषणा गरेका थिए। ह्यारी र मेगनको घोषणाका कारण राजपरिवार “आहत” भएको बताइएको छ।

बकिङ्गम प्यालेसस्थित स्रोतहरूले बीबीसीका शाही संवाददाता जोनी डाइमन्डलाई बताए अनुसार उक्त विज्ञप्तिबारे राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग पनि परामर्श गरेका थिएनन्।

उनीहरूले यूके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने आफ्नो योजना भएको उल्लेख गरेका थिए।

“हामी राजपरिवारका ‘वरिष्ठ’ सदस्यको भूमिका त्याग्न र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्न चाहन्छौँ। यद्यपि हामी महारानीलाई निरन्तर पूर्ण समर्थन गरिरहनेछौँ,” उक्त दम्पतीको विज्ञप्तिमा उल्लेख छ।

महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै यूके र उत्तर अमेरिकामा समय व्यतीत गर्ने आफ्नो योजना भएको उनीहरूले बताएका छन्।

“यो भौगोलिक सन्तुलनले हामीलाई हाम्रा छोरालाई शाही परम्पराको सम्मान गर्दै हुर्काउन समर्थ बनाउनेछ। त्यसो गर्दा हाम्रो परिवारलाई नयाँ परोपकारी संस्थाको आरम्भ गरी नयाँ अध्यायमा केन्द्रित हुन ठाउँ दिनेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’