ओमानका सुल्तान काबूस बिन सइद अलको ७९ वर्षको उमेरमा निधन



अरब राष्ट्रमा सबैभन्दा लामो समय शासन गर्ने कीर्तिमान बनाएका ओमानका सुल्तान काबूस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा मृत्यु भएको छ।

सन् १९७० मा उनले ब्रिटिश सहयोगमा रक्तपातहीन विद्रोह गरी आफ्ना पितालाई राजगद्दीबाट हटाएका थिए। त्यसपछि ओमान खनिज तेलको प्रयोग गरी विकासपथमा लम्कियो।

निरङ्कुश भए पनि उनलाई ओमानमा लोकप्रिय शासक मानिन्थ्यो। शुक्रवार निधन भएको भए पनि उनको मृत्युको कारण खुलाइएको छैन। उनको अन्तिम संस्कारको प्रक्रिया सुरु भएको छ।

उनका नातेदार हैथम बिन तारिक अल सइद नयाँ सुल्तान घोषित भएका छन्। राजपरिषद्को बैठकपछि पूर्वसंस्कृतिमन्त्री हैथमले सुल्तानको शपथ ग्रहण गरेको सरकारले जनाएको छ।

ओमानमा सुल्तान सर्वेसर्वा हुन्छन्। उनले प्रधानमन्त्री, सबै सैन्य बलका प्रमुख, रक्षामन्त्री, अर्थमन्त्री तथा विदेशमन्त्रीको भूमिका निर्वाह गर्छन्।

सुल्तान कबूसका कुनै उत्तराधिकारी थिएनन् र उनले आफ्नो शेषपछि नयाँ सुल्तान हुने व्यक्ति चयन पनि गरेका थिएनन्।

गत महिना सुल्तान कबूसले स्वास्थ्योपचारका लागि एक हप्ता बेल्जियममा बिताएका थिए। उनलाई क्यान्सर भएको विवरण प्रकाशित भएको थियो।

ओमानले तीन दिनको राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। सुल्तान कबूसले झन्डै पाँच दशक ओमानमा शासन गरे। ओमानमा अहिले ४६ लाख मानिस बस्छन्। तीमध्ये ४३ प्रतिशत विदेशी छन्। उनन्तीस वर्षको उमेरमा उनले आफ्ना पिता सइद बिन तैमुरलाई सत्ताबाट हटाएका थिए।

सइद अतिरूढिवादी शासक थिए। उनले रेडिओ सुन्न र सनग्लास लाउन पनि प्रतिबन्ध लगाएका थिए। कसले बिहे गर्न, पढ्न र देशबाहिर जान पाउँछ त्यसको निर्णय उनी आफैँ गर्थे।

आफू सुल्तान बनेपछि कबूसले आधुनिक सरकार बनाउने र तेल बेचेर हुने आयबाट देशको विकास गर्ने घोषणा गरे। त्यतिबेला ओमानमा पक्की बटो केवल १० किलोमिटर थियो भने देशमा जम्मा तीनवटा विद्यालय थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्वाध सहायता अनुमति दिन आदेश

नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय

ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो