सुलेमानीलाई कारबाही गर्नुअघि चारवटा अमेरिकी दूतावास इरानी निसानामा भएको ट्रम्पको दाबी



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकाका चारवटा दूतावासमा आक्रमण गर्ने योजना बनाएकाले उसका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीलाई मारिएको दाबी गरेका छन्।

कस्तो किसिमको खतरा भएकाले अमेरिकाले गत हप्ता ड्रोन आक्रमण गरेको थियो भन्ने प्रश्नमा उनले फक्स न्यूजलाई अमेरिकाका चारवटा दूतावास आक्रमणको जोखिममा भएको आफूलाई लागेको बताए।

बग्दादस्थित अमेरिकी दूतावासबाहिर केही दिन प्रदर्शन भएपछि इरानी विशेष सैन्य बल कूड्स फोर्सका प्रमुख सुलेमानीविरुद्ध अमेरिकाले कारबाही गरेको थियो।

तर सुलेमानीको हत्या हुनेगरी गरिएको आक्रमणबारे गुप्तचर निकायले गरेका ब्रीफिङहरूका आधारमा अमेरिकी दूतावासविरुद्ध त्यस्तो कुनै षड्यन्त्र भएको प्रमाण नदेखिएको विपक्षी डेमक्र्याटिक दलका सांसदहरूले बताएका छन्।

ट्रम्पले अमेरिकी दूतावासहरूमा आक्रमणको जोखिम भएको दाबी पहिलोचोटि बिहीवार ह्वाइट हाउसमा गरेका थिए। उनले त्यही कुरा ओहायो राज्यमा आयोजित एउटा कार्यक्रममा दोहोर्‍याए।

ट्रम्पको भनाइलाई विदेशमन्त्री माइक पोम्पेओले समर्थन गरे। “अमेरिकी दूतावासहरूमा आक्रमण समेत आसन्न जोखिमबारे हामीसँग विशेष सूचना थियो। कुरा सकियो,” इरानविरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गर्दै उनले भने।

इरानका सर्वोच्च नेता आयतूला अली खामनेईसँग निकट सम्बन्ध भएका ६२ वर्षीय सुलेमानीको नेतृत्वमा इरानले मध्यपूर्वमा आफ्नो सैन्य गतिविधि सञ्चालन गरेको थियो।

उनलाई सिरिया सरकारले विद्रोहीसँग गरिरहेको युद्धका एक प्रमुख योजनाकार मानिन्थ्यो। इराकमा इरानलाई समर्थन गर्ने अर्धसैनिक समूहहरूको विस्तारमा पनि उनको भूमिका थियो।

ट्रम्प र पोम्पेओले सुलेमानी हजारौँ जनाको हत्याका लागि जिम्मेवार भएको बताएका छन्। अमेरिकी सेनाले यमनमा बस्ने एक महत्त्वपूर्ण इरानी कमान्डर र अर्थदाता अब्दुल रेजा शाहलाईलाई ज्यानुअरी ३ निसाना बनाएको अमेरिकी सञ्चारमाध्यमहरूले शुक्रवार लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ