तेहरान विमानस्थलतिर फर्किने क्रममा युक्रेनी विमानसेवाको बोइङ दुर्घटनामा परेको अनुसन्धानकर्ताको भनाई



मङ्गलवार इरानको राजधानी तेहरानमा दुर्घटनामा परेको विमान विमानस्थलतिर फर्किने प्रयासमा रहेको इरानी अनुसन्धानकर्ताहरूले बताएका छन्।

उक्त बोइङ ७३७-८०० विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो। प्रारम्भिक छानबिनका अनुसार उड्न लाग्दा विमानमा केही समस्या भएको र “आगो लागेको” थियो।

इरानले विमानको ब्ल्याकबक्स बोइङ कम्पनी वा अमेरिकालाई नदिने घोषणा गरेको छ। अन्तर्राष्ट्रिय उड्डयन नियमानुसार इरानले छानबिनको नेतृत्व गर्न पाउँछ। तर प्राय: विमान निर्माता कम्पनीलाई अनुसन्धानमा सहभागी गराइन्छ।

अमेरिका र इरानबीच तनाव चुलिएको बेला इरानको राजधानीमा उक्त भयानक दुर्घटना भएको थियो। दुर्घटना हुनुभन्दा केही घण्टाअगि इरानले इराकस्थित दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो। तर यी दुई घटनाबीच सम्बन्ध भएको कुनै प्रमाण भेटिएको छैन।

इरानी नागरिक उड्डयन प्राधिकरणका प्रमुख अली आबेद्जादेहले भने, “विमानस्थलबाट पहिला पश्चिमतिर लागेको उक्त विमान केही समस्या भएपछि दाहिने मोडियो र दुर्घटना हुँदा विमानस्थलतिर फर्किएको थियो।

उनका अनुसार प्रत्यक्षदर्शीले जमिनमा खस्नुअघि विमानमा आगो लागेको देखेका थिए तर विमानलाई इमाम खोमेनी विमानस्थलतिर फर्काउने प्रयास गर्नुअघि चालकले आसन्न सङ्कटबारे कुनै सूचना दिएका थिएनन्।

प्रारम्भिक छानबिनमा पत्ता लागेका कुराहरू युक्रेन र बोइङलाई उपलब्ध गराइएको उनले बताए। स्वीडन र क्यानडाका नागरिक पनि दुर्घटनामा परेकाले ती देशलाई पनि विवरण दिइएको छ। युक्रेनले बिहीवार एक दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ।

अमेरिकामा निर्मित बोइङ विमान दुर्घटनामा पर्दा प्राय: यूएस न्याश्नल ट्रान्स्पोर्टेशन सेफ्टी बोर्ड छानबिनमा संलग्न हुन्छ। तर त्यसका लागि सम्बन्धित देशबाट अनुमति लिनुपर्छ र त्यो देशको कानुन पालन गर्नुपर्छ।

तर इरानका अधिकारीहरूले विमान निर्माता र अमेरिकालाई उक्त विमानको ब्ल्याकबक्स नदिने बताएका छन्। इरानी नागरिक उड्डयन प्राधिकरणका प्रमुखलाई उद्धृत गर्दै इरानी समाचारसंस्था मेहरले भनेको छ, “यो दुर्घटनाको इरानको उड्डयन प्राधिकरणले छानबिन गर्नेछ तर युक्रेनीहरू पनि उपस्थित हुन सक्छन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ