इरान-अमेरिका तनाव बढ्दै जाँदा बेलायतका जहाज र हेलिकप्टर तयारी अवस्थामा



मध्यपूर्वमा तनाव बढेपछि बेलायतले रोयल नेभी र सैन्य हेलिकप्टरहरू तयारी अवस्थामा राखेको रक्षामन्त्री बेन वालेसले बताएका छन्।

वालेसले संसद्‍मा बोल्दै सो क्षेत्रमा ब्रिटिश नागरिक र आफ्नो चासोको सुरक्षा गर्न आपत्‌कालीन व्यवस्था तयार राखिएको बताएका छन्।

उनले अत्यावश्यक बाहेकका अन्य कर्मचारीलाई बग्दादबाट बाहिर ल्याइएको बताए। वालेसको यो भनाइ गएको शुक्रवार अमेरिकाले इरानी जेनरल कासिम सुलेमानीलाई इराकमा मारेपछि उत्पन्न परिस्थितिको माझ आएको हो।

वालेसले ब्रिटिश सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा यूकेले सबै पक्षलाई तनाव मत्थर पार्न आग्रह गरेको बताए। इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गर्दा इराकमा रहेका ब्रिटिश सेनालाई कुनै क्षति नभएको बताइएको छ।

ब्रिटिश सरकारका प्रवक्ताले भने: “हाम्रो पहिलो प्राथमिकता ब्रिटिश नागरिकको सेनाको सुरक्षा हो।” इराकमा करिब ४०० ब्रिटिश सेना रहेका छन्।

मङ्गलवार यूकेले इरानमाथि सैन्य आक्रमण गर्ने सम्भावनाबारे गरिएको प्रश्नमा रक्षामन्त्री वालेसले अहिले कुनै कुरा हुँदैन भन्न नसकिने बताएका थिए।

उनले ब्रिटिश नागरिक वा सेना मारिएको खण्डमा त्यसको जवाफ आनुपातिक हुने बताएका थिए। “यूकेले आफ्नो सेना र नागरिकको सुरक्षाका लागि जे गर्नुपर्ने हो त्यो गर्छ। त्यो हाम्रो कर्तव्य हो।”

एक प्रश्नको जवाफमा संसद्‍मा वालेसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथिको यूकेको समर्थन प्रश्नविहीन नभएको बताए। उनले भने, “हामी साथी र साझेदार हौँ तर आवश्यक पर्दा आलोचनात्मक साथी र साझेदार पनि हौँ।”

वालेसले अमेरिकाले भङ्ग गरेको इरानको परमाणुसम्बन्धी सम्झौतालाई पुनर्जीवित गर्न अन्य युरोपेली मित्रहरूसँग काम गरिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक

विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय