इरानी संसद्‍द्वारा अमेरिकी सेना आतङ्ककारी घोषित



अमेरिकाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको भ्रमण गर्न लागेका इरानी विदेशमन्त्रीलाई प्रवेशाज्ञा दिन अस्वीकार गरेको विवरण आएको छ।

त्यो निर्णयले विदेशी नेताहरूलाई प्रवेशाज्ञा दिने सन् १९४७ मा गरिएको संयुक्त राष्ट्रसङ्घ मुख्यालय सहमतिको उल्लङ्घन गर्छ। इरानी विदेशमन्त्री जावाद जरिफले बिहीवार हुने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा बोल्न चाहेका थिए।

यसैबीच इरानको संसद्ले अमेरिकी सेना र पेन्टागनलाई आतङ्कवादी सङ्गठन घोषणा गर्ने एउटा प्रस्ताव पारित गरेको छ। इरानी संसद्ले विदेशी भूमिमा कार्य गर्ने कूड्स फोर्सका लागि अतिरिक्त रकम विनियोजन गरेको छ।

इरानको दक्षिणपूर्वी नगर केर्मानमा भेला भएका मानिसहरूलाई सम्बोधन गर्दै इरानको रेभलूशनरी गार्ड्स (आईआरजीसी) का प्रमुख हुसेन सलामीले भने, “शहीद कासिम सुलेमानी अहिले अझ शक्तिशाली भएका छन्… अहिले उनको मृत्यु भएको छ।”

शवयात्रामा सहभागीहरूले अमेरिका र ट्रम्पविरोधी नारा लगाएको संवाददाताहरूले बताएका छन्। उनी [सुलेमानी] जनताको सेवा गर्न तत्पर महापुरुष मानिन्थ्यो…। उनको हत्याको प्रतिशोध लिनैपर्छ,” एक १८ वर्षीय विद्यार्थीले एक समाचार संस्थालाई बताए।

सोमवार सर्वोच्च नेता आयतूला अलि खामनेईले तेहरानमा सुलेमानीको शवयात्रामा प्रार्थना गरेका थिए। उनलाई सुलेमानीको शवपेटिकामा आँशु झार्दै गरेको देखिएको थियो। इरानको सरकारी टेलिभिजनले दशौँ लाख मानिसहरू सुलेमानीको शवयात्रामा सहभागी भएको जनाएका छन। मानिसहरूको भिड अन्तरिक्षबाट खिचिएको तस्बिरमा पनि देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा

अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरु भएको छ ।

दिल्लीस्थित अफगानी दूतावास बन्द हुने

नयाँदिल्लीमा रहेको अफगान दूतावास शनिबारदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका

एकवर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल

एकवर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भएपनि दुई

नागोर्नो–काराबाखको इन्धन डिपो विष्फोट हुँदा मृत्यु हुनेको संख्या एक सय ७० पुग्यो

  नागोर्नो–काराबाखको इन्धन डिपोमा भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ७०