जापानबाट भागेका निसानका पूर्वप्रमुखलाई फिर्ता गर्न लेबननलाई दबाव



जापानबाट भागेर लेबनन पुगेका निसान कर्मचारीका पूर्वप्रमुख कार्लोस गोनलाई फिर्ता गर्न जापानले लेबननलाई दबाव दिइरहेको छ।

टोक्योस्थित निवासमा नजरबन्दमा राखिएका गोन डिसेम्बर २९ मा रेल चढेर ओसाका गएका थिए। त्यहाँ एउटा निजी विमानमा चढेर उनी टर्की हुँदै नाटकीय शैलीमा लेबनन पुगेको बताइन्छ।

गोनसँग लेबनन, ब्रजिल र फ्रान्सको राहदानी छ। लेबननले आफ्ना नागरिक अरू देशलाई सुम्पिँदैन। तर जापानले गोनलाई सुपुर्दगी गर्न लेबननलाई अनुरोध गर्ने बताएको छ।

प्रकाशित विवरणहरूका अनुसार ओसाकामा उनलाई एउटा फ्लाइट केसमा राखेर टर्की उड्न लागेको विमानमा चढाइएको थियो। टर्कीबाट उनी लेबनन गएको बताइएको छ।

सन् २०१८ को नोभेम्बरमा आर्थिक अपचलनको आरोपमा पक्राउ पर्नुअघि गोनले जापानी कारनिर्माता कम्पनी निसानको नेतृत्व गरेका थिए। पछि उनी धरौटीमा मुक्त भए। तर उनलाई पत्नीसँग भेट्न प्रतिबन्ध लगाइएको थियो।

तर २०१९ को डिसेम्बर अन्तिम साता ६५ वर्षीय गोन नाटकीय रूपमा भागेर लेबनन पुगे। उनी लेबननका नागरिक हुन्। उनकी पत्नी लेबननमै थिइन्।

सीसीटीभी क्यामरामा उनी टोक्योस्थित निवासबाट स्थानीय समयानुसार दिउँसो २:३० बजे एक्लै बाहिर निस्किएको देखिएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

त्यसपछि उनले एउटा होटलमा दुई व्यक्तिलाई भेटेको र तिनले उनलाई शिनागावा स्टेशन पुर्‍याई ओसाका जाने रेल चढाएको बताइएको छ।

विवरणहरूका अनुसार ओसाकामा उनीहरू तीनै जना कान्साई विमानस्थलनजिकै एउटा होटलमा बसेका थिए।

उक्त होटलबाट गोन निस्किएको देखिएन। तर अन्य दुई व्यक्ति दुई ठूला बाकस लिएर निस्किएको सुरक्षाका लागि जडान गरिएका क्यामरामा देखिएको विवरणहरूमा उल्लेख छ।

वाल स्ट्रीट जर्नलका अनुसार गोनलाई एउटा फ्लाइट केसमा राखेर टर्की जाने एउटा निजी विमानमा चढाइयो। ठूला साङ्गीतिक कार्यक्रममा प्रयोग हुने उपकरण ढुवानी गर्न उनलाई लुकाइएको जस्तो फ्लाइट केस उपयोग गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल

बेइजिङ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च

गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु

इस्तानबुलका मेयरको गिरफ्तारीपछि टर्कीमा सरकारको विरोधमा हजारौँ प्रदर्शनकारी सडकमा

टर्की । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको

नाइजेरियामा मस्जिदमा भएको आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु

नाइजरिया । नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणबाट