इराकबाट सेना फिर्ता गर्ने योजना नरहेको अमेरिकी भनाई



अमेरिकाले इराकबाट आफ्नो सुरक्षा दस्ता फिर्ता लैजान योजना नरहेको स्पष्ट पारेको छ । अमेरिकी सुरक्षा सचिव मार्क एस्परले अमेरिकी सेनाले इराकबाट फिर्ता बोलाउने हल्ला मात्र भएको बताएका छन् ।

यसअघि इराकको संसदले अमेरिकी सेना फिर्ता पठाउने निर्णय गरेपनि आफूहरुले थप सैनिक भर्ना गर्ने ह्वाइट हाउसले स्पष्ट पारेको छ ।

अमेरिकाको हवाइ आक्रमणमा शीर्ष इरानी सैन्य कमाण्डर कसेम सोलेमानी मारिएपछि दुई देशको सम्बन्ध थप बिग्रिएको हो । राष्ट्रपति ट्रम्पको निर्देशनमै सोलेमानीको गत शुक्रबार बगदादमा ड्रोन हमलामा मृत्यु भएको हो ।

हत्यालगत्तै इरानले अमेरिकासँग बदला लिने चेतावनी दिएको केही समयपछि बगदादस्थित अमेरिकी दुतावास नजिकै कयौं बिस्फोट गराइएको समाचार सार्वजनिक भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा