परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने इरानको घोषणा



इरानले सन् २०१५ मा भएको एउटा अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्धलाई नमान्ने बताएको छ।

अमेरिकी हवाई आक्रमणमा एकजना इरानी सैन्य जेनेरल मारिएपछि इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला इरानको यो भनाइ सार्वजनिक भएको हो।

एउटा वक्तव्यमार्फत् इरानले अब उसले उक्त परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवर्द्धनको सीमालाई नमान्ने जनाएको छ।

सन् २०१५ मा भएको त्यस सम्झौतामा इरानको युरेनियम प्रवर्द्धन कार्यक्रमलाई सीमित गर्ने मुद्दालाई मुख्य बनाइएको थियो। तेहरानका अनुसार अब उसले सम्झौता अनुसार युरेनियमको भण्डारण र प्रवर्द्धनका लागि तोकिएको मात्राको उपेक्षा गर्नेछ।

उक्त घोषणा तेहरानमा भएको मन्त्रिपरिषद् बैठकपश्चात् गरिएको हो। गत शुक्रवार अमेरिकी हवाई हमलामा इराकको राजधानी बग्दादमा इरानका एकजना निकै शक्तिशाली सैन्य जेनेरल कासीम सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव बढेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष उक्त परमाणु सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए। त्यसपछि उनले इरानमाथि थप प्रतिबन्धहरू लगाएका थिए।

दुई देशबीच तनाव बढिरहेका बेला इराकस्थित अमेरिकी दूतावासमा थप क्षेप्यास्त्र प्रहार भएको समाचार आएको छ। बग्दादस्थित ग्रिन जोन भनिने क्षेत्रमा रहेको उक्त दूतावासलाई लक्षित गर्दै चार पटक ‘अप्रत्यक्ष प्रहार’ गरिएको एउटा समाचार स्रोतले बीबीसीलाई बताएको छ। त्यहाँ कसैको मृत्यु भएको खबर भने आएको छैन।

इरानको समर्थन रहेको कताइब हेज्बुला विद्रोही समूहले शनिवार एउटा वक्तव्य निकाल्दै इराकी सेनालाई इराकस्थित अमेरिकी शिविहरूबाट आइतवार साँझसम्म कम्तिमा एक हजार मिटर टाढा जान सुझाव दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका

इरानमाथि आक्रमण गरेर द्वन्द्व नबढाउन इजरायललाई विश्व समुदायको आग्रह

पेरिस । इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण

साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र