निसानका पूर्वप्रमुखविरूद्ध इन्टरपोलको रेड कर्नर नोटिस जारी



नाटकीय शैलीमा जापानबाट भागेर लेबनन पुगेका कारनिर्माता कम्पनी निसानका पूर्वप्रमुख कार्लोस गोनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ।

उक्त नोटीस लेबननका आन्तरिक सुरक्षा निकायले बिहीबार बुझे पनि त्यसबारे न्यायालयसँग परामर्श भने नलिइएको रोयटर्स समाचार संस्थाले जनाएको छ।

जापानमा आर्थिक हिनामिनासम्बन्धी मुद्दा खेपिरहेका गोन सन् २०२० को सुरुवातको पूर्वसन्ध्यामा बेरुत पुगेका थिए। गोन सवार निजी विमान पहिले इस्तानबुलमा अवतरण गरेको बताइएको छ। यसकारण टर्कीले समेत अनुसन्धान अघि बढाएको छ।

टर्कीका सञ्चारमाध्यामहरूका अनुसार उक्त घटनामा संलग्न भएको आशङ्कामा हालसम्म सात जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा चार जना पाइलट, ढुवानी सेवा दिने कम्पनीका एक जना म्यानेजर र विमानस्थलमा काम गर्ने दुई कामदार छन्।

इन्टरपोलले जारी गर्ने “रेड कर्नर नोटीस” विश्वभरका प्रहरीलाई विभिन्न आरोप खेपिरहेका व्यक्तिहरूलाई अस्थायी रूपमा पक्राउ गर्न वा उनीहरूलाई आत्मसमर्पण गर्नका लागि गरिने अनुरोध हो।

तर लेबनन र जापानबीच सुपुर्दगी सन्धि छैन। गोनसँग फ्रान्स, लेबनन र ब्रजिलको नागरिकता छ। उनले लेबननको बैङ्किङ तथा घरजग्गा व्यवसायमा लगानी गरेका छन्। फ्रान्सले आफ्नो भूमिमा उनले प्रवेश गरे उनलाई सुपुर्दगी नगर्ने बताएको छ।

जमानतका लागि जापानमा गत एप्रिलमा गोनले एक अर्ब येन तिरेका थिए। लेबनन पुगेपछि उनले आफू “अन्याय र राजनीतिक उत्पीडनबाट उम्केको” बताएका थिए।

जापानबाट भाग्न उनको पत्नीले सहयोग गरेको भन्ने अनुमानसहितका विवरणहरूकाबीच गोनले आफ्नी पत्नीको संलग्नता रहेको भन्ने कुरा “गलत” रहेको बताएका छन्।

उनले भनेका छन् – “म एक्लैले मेरो प्रस्थानको चाँजोपाँजोको व्यवस्था गरेको हुँ।” यसैबीच लेबननका दुई वकिलले गोनले सन् २००८को ज्यानुअरीमा इजरेल भ्रमण गरेको भन्दै उनीविरुद्ध उजुरी दिएको न्याश्नल न्यूज एजेन्सीले जनाएको छ। लेबननको असहज सम्बन्ध रहेको इजरेलमा लेबननीलाई यात्रा गर्न प्रतिबन्ध लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या मानवीय सहायतामा निर्भर

अफगानिस्तानमा बिग्रँदै गएको आर्थिक र मानवीय सङ्कटको बीचमा शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले

धुमपानका कारण लाओसमा वार्षिक झण्डै सात हजारको मृत्यु

धुमपानका कारण लाग्ने रोगहरूको असरले लाओसमा वार्षिक झण्डै सात हजारको मृत्यु भएको पाइएको

युरोपमा मङ्कीपक्स सङ्क्रमितहरुको सङ्ख्या बढ्दै

युरोपेली मुलुकहरुमा पछिल्लो समय मङ्कीपक्सबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या बढ्दै गएको छ । युरोपेली

रुसद्वारा युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले डोन्बास क्षेत्रमा रूसले गरेको आक्रमणका कारण उक्त क्षेत्र बसोबासका