हेलिकप्टर दुर्घटनामा ताइवानका प्रधानसेनापतिसहित आठ जनाको मृत्यु



ताइवानमा भएको हेलिकप्टर दुर्घटनामा प्रधानसेनापति शेन यी मिङसहित आठ जनाको मृत्यु भएको छ । न्यू ताइपेई सहरको पहाडी क्षेत्रमा बिहीबार बिहान सैन्य हेलिकप्टर दुर्घटना भएको हुँदा उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा प्रधानसेनापतिसहित उच्च सैनिक अधिकारीहरु रहेका बीबीसीले जनाएको छ । दुर्घटनामा सख्त घाइते भएका ५ जनाको उपचार भइरहेको छ। हेलिकप्टरमा ३ जना चालकदलका सदस्य र प्रधानसेनापति शेनसहित १० जना उच्च सैनिक अधिकृत सवार थिए ।

जनवरी ११ तारिखमा राष्ट्रपतीय तथा संसदीय चुनाव हुनुअघि यो दुर्घटना भएको हो । यो चुनावलाई बेइजिङसँगको सम्बन्धका बारेमा जनमतसंग्रहका रुपमा पनि हेरिएको छ ।

चुनावमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका तर्फबाट निवर्तमान राष्ट्रपति साई इङ वेन र कुमिन्ताङ पार्टीबाट हान कुओ युबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा एर्दोगानलाई बाइडेनको बधाइ

अमेरिकी राष्ट्रपति जो बाइडेनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ

एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः निर्वाचित

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । जारी राष्ट्रपतीय निर्वाचनमा

च्याटबोट प्रयोग गरिएकोमा आफूलाई ‘ठूलो पश्चात्ताप’

न्यूयोर्कमा एकजना वकिलले उनको फर्मले कानुनी अनुसन्धानका लागि च्याटजीपीटी प्रयोग गरेपछि अदालती सुनुवाइको

चीनमा निर्मित विमानद्वारा व्यावसायिक उडान सुरु

  चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । सोह्र वर्षको कठोर