बेलायती राजकुमार विलियम र राजकुमारी केटद्वारा ‘अर्थशट पुरस्कार’ घोषणा



यूकेका ड्यूक र डचिस अफ केम्ब्रिजले आगामी दशक पृथ्वीलाई पुनर्जीवन दिने कार्य गरिने बताउँदै जलवायु संरक्षणको क्षेत्रमा पुरस्कारको घोषणा गरेका छन्।

सन् २०२१ देखि सन् २०३० सम्म ‘द अर्थशट प्राईज’ का प्रत्येक वर्ष पाँच विजेता हुनेछन्। सो नगद पुरस्कार पर्यावरणीय समस्याको समाधानको अवधारणा ल्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिनेछ।

राजकुमार विलियमले संसारसँग कि यो ग्रहलाई पुनर्जीवन दिनै नसकिनेगरी हानि पुर्‍याउने कि नेतृत्व लिएर नयाँ सिर्जनामार्फत् समस्या समाधान गर्ने विकल्प रहेको बताएका छन्।

राजकुमार विलियम र राजकुमारी केटले यो घोषणा सामाजिक सञ्जालमा प्रेषित एउटा भिडिओमार्फत् गरेका हुन्। यो पुरस्कार सन् २०२० मा औपचारिक रूपमा घोषणा गरिनेछ। सन् २०२० को फेब्रुअरीमा चीनमा जैविक विविधताको सम्मेलन र नोभेम्बरमा ग्लास्गोमा जलवायु सम्मेलन हुँदैछ।

अर्थशट पुरस्कारका लागि जलवायु परिवर्तन र वायु प्रदूषणजस्ता ‘संसारका सबैभन्दा ठूला समस्या’ समाधान गर्न कम्तीमा ५० वटा उपाय खोज्न आह्वान गरिनेछ।

यो पुरस्कारको योजना गर्दा ६० भन्दा बढी संस्था र विज्ञसँग सुझाव लिइएको थियो।  यो पुरस्कार सुरुमा द रोयल फाउन्डेशन अफ द ड्यूक र डचिस अफ केम्ब्रिजले सञ्चालन गर्ने र पछि एउटा स्वतन्त्र संस्था बन्ने बताइएको छ।

यो योजनालाई मनकारी चन्दादाता र संस्थाहरूले सहयोग गर्नेछन्। शाही जोडीले सोमवार एउटा ट्वीट गर्दै केही महत्त्वपूर्ण घोषणा गर्न लागेको सङ्केत गरेका थिए।

उक्त पुरस्कारको नाम भूतपूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनिडीको ‘मूनशट’ परियोजनाबाट अभिप्रेरित भएर राखिएको हो। केनिडीले सन् १९६१ मा अमेरिकी अन्तरिक्षयात्रीहरूलाई एक दशकभित्र चन्द्रमामा अवतरण गराउने लक्ष्य राख्दा उक्त परियोजनाको नाम मूनशट राखेका थिए।

राजकुमार विलियमले भने, “पृथ्वी गम्भीर बिन्दुमा छ र हामीसँग दुइटा विकल्प छन्: हामी जुन स्थितिमा छौँ त्यसैलाई निरन्तरता दिने अनि हाम्रो ग्रहलाई फेरि यथास्थितिमा ल्याउनै नसकिनेगरी क्षति पुर्‍याउने वा मानवजातिका रूपमा आफूसँग भएको विशेष शक्ति एवम् नेतृत्व, नवप्रवर्तन तथा समस्या समाधान गर्ने अविच्छिन्न क्षमता सम्झिने।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन र अमेरिकाबीचको मतभेदको उचित व्यवस्थापन गर्नुपर्छ : चिनियाँ रक्षामन्त्री

चिनियाँ रक्षामन्त्री ली शाङफुले चीन र संयुक्त राज्य अमेरिकाले मतभेद र जटिल कठिनाइको

चीनमा पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु, पाँच बेपत्ता

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

दक्षिण एशियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा आर्थिक एवम् राजनीतिक सङ्कट गहिरिदै जाँदा दुवै

खैबर पख्तुनख्वामा भएको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको