लामो दूरीको बलिस्टिक क्षेप्यास्त्र परीक्षण स्थगन गर्ने उत्तर कोरियाको घोषणा



उत्तर कोरियाका नेता किम जङ-अनले पारमाणविक तथा लामो दूरीको बलिस्टिक क्षेप्यास्त्र परीक्षणको स्थगनबाट आफ्नो देश पछि हट्ने घोषणा गरेका छन्।

त्यहाँको सरकारी समाचारसंस्थाका अनुसार किमले पारमाणविक अस्त्रको विकासलाई निरन्तरता दिइने र एउटा नयाँ ‘रणनीतिक अस्त्र’ को विकास गरिने सत्तारूढ दलका अधिकारीहरूलाई बताएका हुन्।

किमले कोरियाली प्रायःद्वीपलाई पारमाणविक अस्त्रमुक्त बनाउने विषयमा अवरुद्ध वार्ता पुनः थाल्न संयुक्त राज्य अमेरिकालाई सन् २०१९ को अन्त्यसम्मको समय दिएका थिए।

तर उनले सम्भावित वार्ताका लागि ढोका खुला राखिएको सङ्केत दिएका छन्। उनले क्षेप्यास्त्र परीक्षण अमेरिकी व्यवहारमा भर पर्ने बताएका छन्।

किमको घोषणाप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी रक्षामन्त्री माइक पोम्पेओले युद्धको साटो उत्तर कोरियाले शान्ति र समृद्धि रोज्ने कुरा आफ्नो विश्वास रहेको बताएका छन्।

सन् २०१७ यता उत्तर कोरियाले कुनै पारमाणविक अथवा लामो दूरीको क्षेप्यास्त्रको परीक्षण गरेको छैन। गत एप्रिल महिनामा किमले अमेरिका उचित अभिप्राय लिएर आए राष्ट्रपति ट्रम्पसँग तेस्रो शिखर वार्तामा भाग लिन आफू तयार रहेको बताएका थिए।

प्रत्युत्तरमा ट्रम्पले एउटा ट्वीटमार्फत् किमको प्रशंसा गर्दै उनको धारणाको स्वागत गरेका थिए। गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको दोस्रो शिखर बैठक विफल भएको थियो।

उत्तर कोरियाविरुद्ध लगाइएका आर्थिक नाकाबन्दीहरू हटाउन अमेरिका तयार नभएपछि भियतनामको हनोईमा भएको वार्ता विनासहमति टुङ्गिएको थियो। उत्तर कोरियाले सन् २०१९ को उत्तरार्धमा विभिन्न क्षेप्यास्त्र परीक्षण गरेको थियो।

अमेरिकालाई दबाव दिन गरिएको उसले त्यसको गरेको भन्ठानिएको छ। परमाणुअस्त्रको परीक्षण र अमेरिकासम्म मार हान्ने क्षमता भएका इन्टर्कन्टिनेन्टल बलिस्टिक मिसाइल (आईसीबीएम) को परीक्षण स्थगन गर्ने उसको निर्णय अमेरिकासँग वार्ता गर्ने एउटा प्रमुख आधार थियो।

दुई नेताबीच पहिलो पटक सन् २०१८ मा सिङ्गापुरमा शिखर वार्ता भएको थियो। सिङ्गापुरमा भएको ऐतिहासिक भेटवार्तामा दुई नेताले कोरियाली प्रायःद्वीपलाई निरस्त्रीकरण गर्ने दिशामा मिलेर काम गर्ने सहमति गरेका थिए। त्यसपछि ट्रम्पले उत्तर कोरियाबाट अब ‘पारमाणविक खतरा’ नरहेको टिप्पणी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
च्याटबोट प्रयोग गरिएकोमा आफूलाई ‘ठूलो पश्चात्ताप’

न्यूयोर्कमा एकजना वकिलले उनको फर्मले कानुनी अनुसन्धानका लागि च्याटजीपीटी प्रयोग गरेपछि अदालती सुनुवाइको

चीनमा निर्मित विमानद्वारा व्यावसायिक उडान सुरु

  चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । सोह्र वर्षको कठोर

प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद भवनको उद्घाटन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो

न्यु मेक्सिकोमा मोटरसाइकल र्यालीमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु

अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा आयोजित वार्षिक मोटरसाइकल र्यालीमा गोली चल्दा