डढेलोका कारण अस्ट्रेलियाका हजारौँ मानिस भागेर समुद्री तटमा शरण लिन बाध्य



अस्ट्रेलियाको तटीय क्षेत्रमा डढेलो फैलिएपछि हजारौँ मानिसहरू भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन्। भिक्टोरियामा एउटा डढेलो तटीय सहर म्यालकूटातर्फ फैलिँदै गर्दा धुवाँ र खरानीले घरहरू ढाकिएका छन्।

स्थानीय बासिन्दाहरूले समुद्रको किनारमा सीमित सामग्रीको भरमा रातो आकाशमुनि रात बिताउनुपरेको बताएका छन्। यसैबीच अधिकारीहरूले न्यू साउथ वेल्समा दुई जनाको मृत्यु भएको पुष्टि गरेपछि डढेकोका कारण अस्ट्रेलियामा ज्यान गुमाउनेहरूको सङ्ख्या १२ पुगेको छ।

सिड्नी र मेल्बर्नको बीचमा पर्ने कतिपय बिदा मनाउने स्थानहरू डढेलोका कारण बन्द भएका छन्। न्यू साउथ वेल्स र भिक्टोरियाको ५०० किलोमिटर क्षेत्रमा आपत्‍कालीन स्तरका एक दर्जनभन्दा बढी डढेलो लागेको छ।

बुवा र छोरा अनुमान गरिएका दुई जनाको शव कोवार्गो सहरमा फेला परेको थियो। सो सहरको मूल सडकमा मङ्गलवार ठूलो आगलागी भएको थियो।अधिकारीहरूले अन्य पाँच जना हराइरहेको बताएका छन्।

भिक्टोरियाका राज्य प्रमुख ड्यान्यल एन्ड्र्यूजले जलसेनाको जहाजलाई सडक बन्द भएका सहरहरूमा खाना, पानी र बिजुली उपलब्ध गराउन बोलाउन सकिने बताएका छन्। त्यहाँको मुख्य राजमार्ग बन्द गरिएको छ।

अधिकारीहरूले ती स्थानका मानिसहरूलाई यथास्थानमा रहन आग्रह गरेका छन्। उनीहरूलाई सोमवार उद्धार गर्न “ढिलो र खतरनाक” भएको बताइएको थियो।

अस्ट्रेलियामा उच्च तापक्रम, वायु र बिजुली चम्किरहेका कारण डढेलो बढेको छ। न्यू साउथ वेल्थका पर्यटकीय सहरहरू बेर्मागुई र बाटेमान्स बेका बासिन्दाहरू मङ्गलवार बिहानै समुद्र किनारतर्फ लागेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र

इजरायली आक्रमणमा इरानको रिभोलुशनरी गार्डका प्रमुख होसेन सलामको मृत्यु

बीबीसी । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरायली डिफेन्स फोर्सले बताएको छ

‘एयर इन्डियाको विमान दुर्घटनाले नागरिक उड्डयन क्षेत्रमा सन्नाटा’

काठमाडौं । भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ