क्यान्सरको शल्यक्रिया गर्दा शरीरमा आगो लागेर बिरामीको मृत्यु



रोमानियाको एउटा अस्पतालमा शल्यक्रिया गर्दा आगो लागेर एक बिरामीको मृत्यु भएको छ। राजधानी बूकरेस्टस्थित फ्लोर्‍यास्का अस्पतालमा शल्यक्रिया गर्नुअघि ६६ वर्षीया महिलाको शरीरमा अल्कोहलयुक्त डिस्इन्फेक्टन्ट प्रयोग गरिएको थियो।

पछि चिकित्सकहरूले विद्युतीय चक्कु प्रयोग गरी शल्यक्रिया गर्दा अल्कोहलले आगो टिपेको थियो। शल्यक्रिया गर्न अचेत बनाएर राखिएको बेला उनको शरीरभरि आगो फैलियो।

उनलाई प्यान्क्रीअस अर्थात् अग्न्याशयको क्यान्सर भएको थियो। उक्त घटना डिसेम्बर २२ मा भएको हो। शरीर ४० प्रतिशत जलेकी ती महिलाको एक हप्तापछि अस्पतालमा मृत्यु भयो।

प्रहरीले उनको मृत्युबारे छानबिन गर्न थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। मृतकको परिवारले आफूहरूलाई एउटा दुर्घटना भएको मात्रै भनिएको तर स्थिति कति गम्भीर थियो तथा के भएको थियो त्यसबारे विस्तृत विविरण नदिइएको रोमानियाली सञ्चारमाध्यमलाई बताए।

“हामीले टीभीमा प्रसारण भएपछि केही विवरण थाहा पायौँ,” उनीहरूले भने,”हामी आरोप लगाउँदै छैनौँ , हामी खालि के भएको थियो त्यो जान्न चाहन्छौँ।”

रोमानियाका स्वास्थ्यमन्त्रीले उक्त दु:खद घटनाको अनुसन्धान गरिने वचन दिएका छन्।एउटा विज्ञप्तिमा भिक्टर कोस्टाकेले भने, “यो घटनाबाट पाठ सिक्ने हामी अपेक्षा गर्छौँ।”

सत्य पत्ता लगाउन आफू र मन्त्रालय दुवैले यथासम्भव सहकार्य गर्ने उनले बताए।अर्का एक मन्त्रीले विद्युतीय औजारबाट गरिने शल्यक्रियामा अल्कोहलमा आधारित डिस्इन्फेक्टन्टको प्रयोगमा प्रतिबन्ध लगाइएको शल्यचिकित्सकहरूलाई थाहा हुनुपर्ने बताएका छन्।

ईयूमा संलग्न राष्ट्रमध्ये रोमानियाले स्वास्थ्यसेवामा सबैभन्दा थोरै रकम खर्च गर्छ। रोमानियामा बालमृत्युदर पनि उच्च छ। त्यहाँ अस्पताल पनि त्यति विकसित छैनन् तथा स्वास्थ्यसेवामा काम गर्ने कर्मचारीको पनि अभाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोजाम्बिकका दुई तिहाइ नागरिक इन्टरनेटको पहुँच बाहिर

मोजाम्बिकको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी

करिब तीन हजार अफगान शरणार्थी इरानबाट स्वदेश फिर्ता

इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् । अफगानिस्तानको

फिलिपिन्समा रेडियो पत्रकारको गोली हानी हत्या

फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय

काजाकिस्तानले तेल अविवमा धार्मिक सम्मेलन आयोजना गर्ने

काजाकिस्तानले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ