जीन सम्पादन गरेर बच्चा जन्माउने वैज्ञानिकलाई चीनमा तीन वर्षको जेल सजाय



पहिलो पटक सम्पादित जीनसहित बच्चाहरूको जन्म गराएको दाबी गर्ने एक वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल सजाय सुनाइएको छ।

ख जिएन्क्वे नामक ती वैज्ञानिकले एआईभीको सङ्क्रमणबाट जोगिने गुण विकास गर्न भ्रूणको जीन सम्पादन गरी बच्चा जन्माएको बताएका थिए।

चीनको एउटा अदालतले मानवभ्रूणमा आफूखुसी प्रयोग गर्न लगाइएको प्रतिबन्धको खले उल्लङ्घन गरेको ठहर गरेको छ। गत वर्ष नोभेम्बरमा उनले ती जुम्ल्याहाको जन्म भएको घोषणा गर्दा संसारभरिबाट उनको आलोचना भएको थियो।

समाचारसंस्था सिन्ह्वाका अनुसार त्यही बेला अर्को बच्चाको पनि जन्म भएको थियो। उक्त कुराको पहिला पुष्टि भएको थिएन। ग्वाङ्डोङ प्रान्तस्थित स्थानीय सरकारले ती बच्चाहरूलाई चिकित्सकीय निगरानीमा राखेको छ।

अदालतको आदेशमा जेल सजायबाहेक उनले ३० लाख यूआन अर्थात् झन्डै चार करोड ९० लाख रुपैयाँ जरिबाना तिर्नुपर्ने उल्लेख छ। अदालतले उनीसँग मिलोमतो गरेको ठहर गर्दै अरू दुई जनालाई पनि छोटो अवधिका लागि जेल सजाय सुनाएको छ।

सिन्ह्वाका अनुसार शन्जनस्थित अदालतले अभियुक्तहरूले “व्यक्तिगत प्रख्याति र लाभ”का लागि काम गरेको र “चिकित्सकीय सुव्यवस्था बिथोलेको” ठहर गरेको छ।

अदातलका अनुसार ती प्रयोग गर्दा उनीहरूले वैज्ञानिक अनुसन्धान र चिकित्सकीय आचारसंहिताको आधारबिन्दु नै उल्लङ्घन गरेका थिए।

नोभेम्बर २०१८ मा ख जिएन्क्वेले जीन सम्पादन गरिएका लुला र नाना नामक जुम्ल्याहा बालिकाको जन्म भएको एउटा भिडिओमार्फत् घोषणा गरेका थिए। त्यो भिडिओ समाचारसंस्था एपीले खिचेको थियो।

आफ्नो प्रयोगबारे उनले भनेका थिए, “मलाई थाहा छ मेरो काम विवादास्पद हुन्छ। तर मलाई लाग्छ परिवारहरूका लागि यो प्रविधि आवश्यक छ र म उनीहरूका लागि आलोचना खेप्न तयार छु।”

भिडिओ सार्वजनिक भएपछि चीन र अन्य देशका वैज्ञानिकहरूले खको व्यापक आलोचना गरे। चीनको प्रहरीले उनको दाबीको विषयमा छानबिन थाल्यो र सरकारले उनको अनुसन्धान रोक्न आदेश दियो।

उनी कार्यरत सदर्न यूनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजीले उनलाई निकालिदियो। चाइनिज अक्याडमी अफ साइन्सले एउटा विज्ञप्तिमा मानवमा जीन सम्पादन गर्ने विषयको कडा विरोध गर्‍यो।

खको प्रयोग सीसीआर५ नामक जीनमा केन्द्रित थियो। सो जीनमा रोगप्रतिरोध प्रणालीको क्षमताबारे महत्त्वपूर्ण सूचनाहरू हुन्छन्। तर सोही जीनको सहायतामा एचआईभीले मानवको शरीरमा भएका कोषमा प्रवेश गर्छ।

सीसीआर५ मा परिवर्तन गर्दा त्यो बाटो बन्द हुन्छ र त्यसबाट एचआईभीलाई प्रतिरोध गराउने क्षमता मानिसमा विकसित हुन्छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार उनले सात जोडीलाई आफ्नो कामका लागि राजी गराएका थिए। उनीहरूमध्ये सबै पुरुषलाई एचआईभी भएको थियो भने महिलाहरू एचआईभीमुक्त थिए।

कृत्रिम गर्भाधान गराउने चिकित्सालयमा मानवभ्रूण विकसित गरेर तिनको सीसीआर५ जीनमा परिवर्तन गर्न खोजियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्