रुसमा नयाँ वर्षको उत्सवका लागि शहरका मुख्य स्थानहरूमा कृत्रिम हिउँ



मस्कोका अधिकारीहरूले नयाँ वर्षको उत्सवका लागि शहरका मुख्य स्थानहरूमा कृत्रिम हिउँ राखेका छन्।

रुसमा सन् १८८६ यता डिसेम्बर महिनामा सबैभन्दा बढी तापमान मापन गरिएका कारण त्यस्तो गरिएको अधिकारीहरूले बताएका छन्।

‘डम्पर’ ट्रक प्रयोग गरेर कृत्रिम हिउँ खसालिएको दृश्य सामाजिक सञ्जालमा मनोरञ्जनको माध्यम बनेको छ।

@WildWildMoscow खाता प्रयोगकर्ताले ठट्टा गर्दै लेखेका छन्, “मस्कोको बजेटले तपाईँ जुनसुकै कुरा किन्न सक्नुहुन्छ – जाडोयाम समेत।”

यो “सामान्य जाडोयाम” – सबजीरो भनेर चिनिने तापक्रम जसले नेपोलियन र हिट्लरलाई हराउन सहयोग गरेको थियो – भन्दा फरक अवस्था हो।

यद्यपि् मस्कोमा सोमवार दिउँसो हल्का हिउँ भने परेको थियो। आगामी हप्ता थप हिउँ पर्न सक्ने अनुमान गरिएको छ।

रुसको मौसम पूर्वानुमान गर्ने निकायका प्रमुखका अनुसार अभिलेख राख्न सुरु गरिएयता सन् २०१९ रुसका लागि सबैभन्दा न्यानो वर्ष हो।

मस्कोको एउटा प्रमुख सडक टभर्सकायामा कृत्रिम हिउँको चाङ छ। रेड स्क्वायर लगायतका अन्य प्रमुख सडकहरूमा त्यसैगरी कृत्रिम हिउँ राखिँदैछ। नयाँ वर्षको छुट्टीका बेला ती सडकमा सवारीसाधनको आवागमन ठप्प पारिएको छ।

कृत्रिम हिउँ मस्कोका केही स्केटीङ्ग खेल खेलिने स्थानमा रहेका बरफ फुटाएर बनाइएको हो। स्केटबोर्ड खेल्नेहरू मस्कोको अर्को प्रमुख सडक आबाटमा राखिएको कृत्रिम हिउँमा रमाइरहेको अधिकारीहरूले बताएका छन्।

डिसेम्बर १८ मा मस्कोको तापक्रम ५.६ डिग्री सेल्सियस पुगेको थियो जुन सन् १८८६ मा मापन गरिएको तापमानलाई उछिन्दै हालसम्मकै उच्च हो।

मस्को टाइम्सले उद्धृत गरेका केही स्थानीयवासीले भने रुसको जाडोको आभास दिने सरकारी पहलमाथि निराशा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही