आतङ्कवादी आक्रमण रोक्न सघाएकोमा पुटिनले दिए ट्रम्पलाई धन्यवाद



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनल्ड ट्रम्पलाई रुसमा हुन लागेका “आतङ्ककारी कार्यहरू” रोक्न सहयोग हुनेगरी गुप्तचरी सूचना उपलब्ध गराएकोमा धन्यवाद दिएको क्रेम्लिनले जनाएको छ।

क्रेम्लिनले प्रकाशित गरेको विज्ञप्तिमा दुई राष्ट्रपतिहरूबीच आइतवार फोनवार्ता भएको उल्लेख छ। अमेरिकी गुप्तचर निकायमार्फत् सूचना प्राप्त भएको जनाए पनि उसले त्यसबारे थप विवरण दिएको छैन।

रुसी सञ्चारमाध्यमका अनुसार नववर्षका बेला सेन्ट पिटर्स्बर्गमा गरिन लागेको आतङ्ककारी आक्रमणको योजना पत्ता लागेको जनाएका छन्।

समाचार संस्था टासले रुसी गुप्तचर निकाय एफएसबीका एक प्रवक्तालाई उद्धृत गर्दै दुई रुसी नागरिकलाई गरिएको तथा मानिसहरूको एउटा भेलामा आक्रमण गर्ने योजनासम्बन्धी सामग्री बरामद भएको जनाएको छ।

यसअघि पनि दुई राष्ट्रपतिबीच बेलाबेला फोनवार्ता भएको थियो। वार्ताको अभिलेखले उनीहरूले सिरिया, पारमाणविक सम्झौता, उत्तर कोरिया तथा व्यापारको विषयमा छलफल गरेका थिए।

सन् २०१७ को डिसेम्बरमा पुटिनले अमेरिकी गुप्तचर निकायले सूचना उपलब्ध गराएकोमा ट्रम्पलाई धन्यवाद दिएका थिए। ह्वाइट हाउसका अनुसार त्यो सूचना पनि सेन्ट पिटर्स्बर्गमा हुन सक्ने सम्भावित आतङ्ककारी आक्रमणबारे नै थियो।

क्रेम्लिनका अनुसार त्यति बेला पुटिनले आफूले पनि अमेरिकालाई आतङ्ककारी गतिविधिबारे सूचना दिने वचन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माकी नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द

  जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी

भारी वर्षापछि दुबई बाढीको चपेटामा

  कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका

युक्रेनसँगको युद्धमा ५० हजार रुसी सैनिकको मृत्यु

बीबीसी । युक्रेन युद्धमा मारिने रुसी सैनिक सङ्ख्या ५० हजार नाघेको बीबीसीले पुष्टि

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना

श्रीलङ्काली सरकारले सन् २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी