चीनमा यौनकर्मीलाई श्रम शिविर पठाउने व्यवस्था खारेज



चीनले वेश्यावृत्तिको आरोपमा पक्राउ परेका महिला र तिनका ग्राहकलाई दुई वर्षसम्म हिरासतमा राख्न मिल्ने एउटा दण्ड व्यवस्था खारेज गरेको छ।

यसअघि पक्राउ परेका यौनकर्मी महिला र तिनका ग्राहकलाई “शिक्षा शिविर” पठाइन्थ्यो। त्यहाँ उनीहरूलाई पुतली र घरायसी प्रयोजनमा प्रयोग हुने सामग्री बनाउन लगाइन्थ्यो।

चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार डिसेम्बर २९ देखि सो व्यवस्था अन्त्य भएपछि अहिले हिरासतमा भएका व्यक्तिहरूलाई मुक्त गरिनेछ।

चीनमा वेश्यावृत्ति अवैधानिक छ। वेश्यावृत्ति गरेको प्रमाणित हुँदा १५ दिन थुना र ५,००० यूआन जरिवाना हुने प्रावधान छ।

बीस वर्षअघि “हिरासत र शिक्षा”को प्रणाली ल्याइएपछि “राम्रो सामाजिक वातावरण र सुव्यवस्था” कायम गर्न सहयोग पुगेको दाबी चीनको सरकारी सञ्चारमाध्यमले गरेको छ। तर पछि त्यो प्रणाली अनुपयुक्त हुँदै गएको उसको भनाइ छ।

सन् २०१३ मा एनजीओ एशिया क्याटलिस्टले गरेको एउटा अध्ययनले उक्त प्रणालीको प्रभावकारिताबारे प्रश्न गरेको थियो। उक्त अध्ययनका लागि दुईवटा सहरका ३० महिला यौनकर्मीसँग अन्तर्वार्ता लिइएको थियो।

पक्राउ परेका मानिसले थुनामुक्त भएपछि काम लाग्ने कुनै नयाँ सीप सिक्न नपाएको उक्त अध्ययनको दाबी थियो। बरु थुनुवाहरूलाई हातले गर्ने काम लगाइएको प्रतिवेदनमा उल्लेख थियो। “हामीले अन्तर्वार्ता गरेका सबै यौनकर्मीहरू थुनामुक्त हुनेबित्तिकै यौन व्यवसायमा फर्किए,” प्रतिवेदन भन्छ।

यौनकर्मी, तिनका ग्राहक, प्रहरी र विशेषज्ञसँग अन्तर्वार्ता गरेर तयार पारिएको ह्यूमन राईट्स वाचको २०१३ को एउटा प्रतिवेदनमा अपराध गरेको स्वीकार गराउन प्रहरीले यौनकर्मीहरूलाई पिट्ने गरेको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः निर्वाचित

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । जारी राष्ट्रपतीय निर्वाचनमा

च्याटबोट प्रयोग गरिएकोमा आफूलाई ‘ठूलो पश्चात्ताप’

न्यूयोर्कमा एकजना वकिलले उनको फर्मले कानुनी अनुसन्धानका लागि च्याटजीपीटी प्रयोग गरेपछि अदालती सुनुवाइको

चीनमा निर्मित विमानद्वारा व्यावसायिक उडान सुरु

  चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । सोह्र वर्षको कठोर

प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद भवनको उद्घाटन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो